खेलकुद 

खेलकुदको बिकासमा राज्यले लगानी गर्नु पर्छ

१५ माघ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले खेलकुदलाई सबैले प्रोत्साहन गर्नु पर्ने बताउनु भएको छ ।
काठमाडौँको सेन्ट जर्ज इन्टरनेश्नल स्कुलमा शुक्रबार आयोजित उपत्यका ब्यापी तेक्वान्दो प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै ढकालले नेपालमा खेलकुदको थप विकास गर्न राज्यले नै लगानी गर्नु पर्नेमा जोड दिए । उनले खेलाडी हरुलाई उच्च अनुशासनको पालना गर्दै दक्ष बनाई भविष्यमा ओलम्पिकमा खेल्ने सपना बोक्न आग्रह समेत गरे ।
पूर्वमन्त्रि ढकालले आँफु पनि खेलकुद प्रेमी भएको भन्दै खेलकुदको बिकासमा प्रयत्नरत रहने प्रतिबद्धता ब्यक्त गदै प्रतियोगितामा सहभागी तथा बिजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

Related posts

Leave a Comment