काठमाण्डौ । छोटो समयमा नै के युवा के बृद्धा सबैको रोजाईमा रहेको दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले एचडी स्क्रीनमा रसियमा यहि जेठ ३१ गते बिहीबारबाट शुरु हुने बिश्वकप फुटवल खेल तथा संगित देखाउने भएको छ ।
विभिन्न पेशा र व्यवसायमा आवद्द युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट हुेन कारणले युवाहरुको आकर्षण बढदै गएको छ ।
यति मात्र हैन ‘किंङस लाउञ्ज’ले आईपीएल क्रिकेट खेलेर नेपाल आएका क्रिकेटर सन्दीप लामिछनेलाई सम्मान गरेको छ । लाउञ्जमा खेलप्रेमी तथा खेलाडिहरुको समेत बाक्लो उपस्थति रहने गरेको छ । फुटबलर हरि खड्का, नवयुग श्रेष्ठ, तेक्वान्दोका दिपक बिष्ट लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडिहरुको रोजाइमा समेत यो रेष्टुरेन्ट परेको छ । लाउञ्जले त्यहाँ आउने हरेक ब्यक्ति तथा परिवारको फोटो खिचेर उपलब्ध गराउने ब्यबस्था समेत गरेका कारण फेमलिको रोजाईमा समेत परेको छ ।
खेलप्रेमी,संगीतप्रेमी तथा खानाका पारखीहरुलाई मध्यनजर गदै मिठा परिकारका खानाका साथ फुटबल हेर्ने तथा संगित सुन्ने र नाच्न समेत पाउने ब्यबस्था रेष्टुरेन्टले गरेको छ । विश्वकप फुटबललाई २० बाइ ११ फिटको भव्य एचडी स्क्रीनबाट खेल देखाइने छ । अहिले के दिन, के साँझ, कलाकार, व्यवसायी तथा आम मानिसको बाक्लो भिड देख्न सकिन्छ । अहिले लाउञ्जमा पहिले नै बुक गरेर जान समेत सकिन्छ यसको लागि ०१ ४२२३११०मा सम्र्पक गर्न सकिन्छ ।
बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा रहेको रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्टहरु संचालन गर्न सकिन्छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने गरेको छ । रेष्टुरेन्टमा क्रिस्पी चिकेन, प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक निकै लोकप्रीय छन् । किंङस् लाउञ्जमा १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ३ सय बसेर खान मिल्ने क्यापासिटी रहेको लाउञ्जसँग इभेण्टहरुमा एक पटकमा १ हजार जनालाई सेवा दिन सक्ने क्षमता रहेको छ । रेष्टुरेन्टमा कफीका पारखीहरुलाई अलग्गै कफी सेक्सन, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधियुक्त सुरक्षा समेत रहेको छ । आरामदायि सिट तथा खुल्ला परिबेस तथा पाकिङको समेत उचित ब्यबस्था रहेको छ ।