गाउँपरिषद्मै झडप, राजपाका तीन कार्यकर्ता घाइते

प्रकासित मिति: १४ श्रावण २०७५, सोमबार ०२:२६

महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको दोस्रो गाउँपरिषद् भइरहेका बेला परिषद्मै कुर्सी हानाहान भएको छ । राजपा नेपालका अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो ।

राजपा नेपालका पिपरा गाउँपालिकास्तरीय पार्टी समितिका अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको ५०÷६० जना नेता कार्यकर्ताले गाउँपालिकाका अध्यक्ष विनोद चौधरीले पार्टीका कसैसँग कुनै राय परामर्श नगरी एकलौटीरुपमा परिषद् गर्न लागेको आरोप लगाइन् । परिषद्को विरोध र बहिष्कार गरेपछि अध्यक्ष पक्षका नेता कार्यकर्ता प्रतिकारमा उत्रिँदा आइतबार दिउँसो दोहोरो झडप र कुर्सी हानाहान भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement