गाजामा मानिसहरू विक्षिप्त र थकित अवस्थामा छन्

बीबीसी । गाजाको खान यूनिस सहरको नासेर अस्पतालबाहिर जिन्स र चप्पलमा युवाहरूको ठूलो भीड जम्मा भएको छ। झट्ट हेर्दा ती कसैको अन्त्येष्टिमा सहभागी हुन आएजस्तो देखिन्छ।

इजरेलले दक्षिणी गाजामा आक्रमणलाई तीव्र बनाए यता यहाँ सयौँ मानिस मारिएका छन् र हजारौँ घाइते भएका छन्। अस्पतालबाहिर उभिएका मानिसहरू मौन छन्। अस्पताल बाहिर र त्यसको आपत्कालीन विभागमा तनाव महसुस गर्न सकिन्छ।

स्वास्थ्यकर्मीहरू हताहत हुने अवस्थाका लागि पहिल्यै मनस्थिति बनाएर बसेका छन्। जब आवाज आउँछ मानिसहरू एकै ठाउँ जम्मा हुन्छन्। तर अहिले यहाँको सार्वजनिक संयन्त्र काम नगर्ने अवस्थामा छ। मानिसहरू स्तब्ध र थकित अवस्थामा छन्।

Related posts

Leave a Comment