गाडी दुर्घटना : सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु

प्रकासित मिति: १२ माघ २०७५, शनिबार १६:१८

बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा. १ झ. १६३३ गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

Bhansar Bivag
Argakhachi Cement