गीतकार तथा साहित्यकार विजय छहराको ‘रातो चोली’ बजारमा

प्रकासित मिति: २६ असार २०७६, बिहीबार ०२:१५

गीतकार तथा साहित्यकार विजय कट्टेल छहराको सुन्दर शब्दमा सजिएको नयाँ तीज गीत ‘रातो चोली’ले बजार पिट्न थालेको छ । केही दिनअघि मात्रै सार्वजनिक उक्त तीज गीतको लोकप्रियता दिनानुदिन बढ्दो छ ।नेपाली हिन्दु नारीको महान् चाड हरितालिका तीज–२०७६ को शुभकामनासहित रचिएको गीत गायिका अन्जु गौतमको स्वरमा सजिएको छ । उक्त गीतको कम्पोज पनि गौतमले नै गरेकी हुन् । गीत कुन्दन राईले संगीत कम्पोजमा सजिएको छ ।गीतको म्यजिक भिडियोसमेत निर्माण भएको छ । भिडियोमा गीतकार छहरासँगै ज्योति, अस्मिता, सुस्मिता र सोबिताले अभिनय गरेका छन् । हिन्दु धर्म,संस्कार,संस्कृति,शैली र प्रचलन सँगै चेली र माईती विचमा झाँगिएको सत्कारको परम्परालाई यश गीतले टपक्कै टिपेको छ।शिष्ट र सरल शब्दले उनेको यस गीतको रचना विजय कट्टेल छहराले गरेका हुन भने स्वर गायिका अन्जु गौतमको रहेको छ। पुर्वान्चल रेकर्डिङ स्टुडियोले यस गीतलाई बजारमा ल्याएको होhttps://www.youtube.com/watch?v=waJvIbuGIVU

Bhansar Bivag
Argakhachi Cement