गुठी विधेयकमा बृहतर सहमति आबश्यक : परिवार दल

प्रकासित मिति: १ असार २०७६, आईतवार १६:२६

१ असार, काठमाडौं । नेपाल परिवार दलले सरकारले संसदमा पेश गरेको गुठी बिधेयकमा बृहतर सहमतिको आबश्यकता रहेको बताएको छ । दलका अध्यक्ष एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गदै लेखेका छन् आमनागरिक र राष्ट्रिय सरोकारको बिषयमा निर्णय लिदा प्रतिपक्ष तथा सरोकारवालाहरुसंग प्रयाप्त छलफल गरि सहमतिमा लिएर गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले े‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक ०७५ ।’ गत वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएपछि काठमाडौंको नेवार समुदाय सडकमा निस्किएको छ । यो विधेयक हिन्दू र बौद्ध धर्मसंस्कृति समाप्त गर्न र भूमाफिया पोस्ने उद्देश्यले आएको आन्दोलनरत समुदायको आरोप छ ।

Bhansar Bivag
Argakhachi Cement