गुणस्तरहीन सिलिण्डर भेटिएपछि सूर्य ग्यास उद्योगमा सिलवन्दी

प्रकासित मिति: १४ भाद्र २०७३, मंगलवार १६:३२

काठमाडौं । गुणस्तरहीन सिलिण्डर भेटिएपछि सूर्य ग्यास उद्योगमा सिलबन्दी गरिएको छ । सो उद्योगमा हाइड्रोलिक टेष्ट नगरी बजारमा ग्यास पठाएको अनुगमनबाट भेटिइपछि नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले मंगलबार सिदबन्द गरेको हो ।
म्याद नाघेका २४ थान सिलिण्डर भरेर बजारमा पठाउन लागेको भेटेपछि सिल गरेको अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । उनले भने, ‘मिति नाघेका सिलिण्डरको परीक्षण नगरेको पाइयो, कम्पनीले हाइड्रोलिक टेष्ट नगरी ग्यास बजारमा पठाएर खेलवाड गरेको छ ।’
गुणस्तर विभागका निर्देशक विश्वबाबु पुडासैनी नेतृत्वको टोलीले सूर्यसहित चण्डेश्वरी, सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेको थियो । चण्डेश्वरी ग्यासले हाइड्रोलिक टेष्ट मेसिननै नराखेको टोलीले फेला पारेको छ । सगरमाथा ग्यासले प्रयोग गरेका नयाँ सिलिण्डरमा ग्यास लिकेज भेटिएको विभागका रसाइन विज्ञ मनोज उपाध्यायले बताए । कमजोरी देखिएका ग्यास कम्पनीलाई कारबाही गर्ने विभागले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement