सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्षमा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त विजयी भएका छन् । पन्तले ५५५१ मत प्राप्त गरि बिजयी हुँदा गठबन्धनका कांग्रेस उम्मेदवार अनन्तराम पौडेलले ५१५१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै नर्मदा भण्डारी ५४७६ मतका साथ बिजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका रामप्रसाद पाण्डेयले ४७१६ मत पाएका छन् । छत्रकोट कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको गाउँपालिका हो ।