गुल्मीको छत्रकोट गाउँपालिकालाई नमुना बनाईने ः उत्कृष्ट कृषक पेन्सनको व्यवस्थ गर्ने
गुल्मी । छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको गरी पारित गरेको छ । नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावले सो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका छन् ।
सो अवसरमा गाउँपालिकामा भएका कृषकहरुलाई उत्कृष्ट कृषक पेन्सनको व्यवस्था र ४० वर्ष नाघेका हरेक व्यक्तिलाई पूरा शरिर जचाँउने व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । अध्यक्ष पन्तले गाउँपालिका क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक क्षेत्रका शैक्षिक स्तर विकासका लागि काम गरिने जानकारी दिदै जनमूखी कार्यक्रम गर्न सबैको साथको आवश्यकता रहेको बताए । अध्यक्ष पन्तका अनुसार गाउँपालिकाका हरेक घरमा खानेपानी घर घरमा मोटर बाटो पु¥याउने लक्ष्य तथा खरको छानो विस्थापित गरी कर्कट पाताको व्यवस्था गरिने जानकारी समेत दिए ।
अध्यक्ष पन्तले गाउपालिकाको आन्तरीक स्रोत परिचालन तथा जनताको प्रत्यक्ष सहभागितामा बिकासका कार्यक्रम गरिने जानकारी दिदै सबै राजनीतिक दलको सहकार्यमानै बिकास तथा सेवा मूखि कार्यक्रम संञ्चालन गरीने जानकारी दिए ।