मुलुकको कायापलट गर्न वाम प्रगतिशील गठबन्धनको जित आबश्यक ः अध्यक्ष ढकाल
कार्तिक ३० पालुङटार, गोरखा । बाम प्रगतिशिल गठबन्धन बनाएर चुनाबमा होमिएका तीन नेता एकसाथ पहिलो पटक गोरखाको चुनाबी सभामा एकसाथ उभिएर गठबन्धनको पक्षमा मत मागेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बुधवार गोरखामा एउटै मञ्चबाट उभिएर सयुक्त चुनाबी सभाको समेत सुरुवात गरेका छन् । गोरखा २ को भच्चेक, पालुङटार र १ को दर्बुङ, आरुघाटमा आयोजित चुनावी सभामा सहभागी भएर बुधबार नै राजधानी फर्किएका छन् ।
सभामा बोल्दै एमाले अध्यक्ष ओलीले चुनाव लगत्तै पार्टी एकता हुने भएकाले कुनै द्वधिा नराख्न कार्यकर्तालाई अुनरोध समेत गरे । एमालेले गोरखामा प्रदेश १ को ख मा मात्रै उमेद्वार उठाएको प्रशंग जोड्दै उनले भने ‘कुन पार्टीको उमेद्वार भयो भनेर हेर्ने होइन, चुनाबपछि त हामी एकै पार्टी हौँ।’
सभामा माओबादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनपछि देशमा उत्साहको लहर आएको तर्क गरे। आफुले गोरखाबाट जनयुद्ध सुरु गरेको स्मरण गर्दै उनले भने ‘जनयुद्धमा पनि गोरखाको लगानी छ, गत निर्वाचनहरुमा पनि गोरखाले इतिहास कायम राख्यो अब पनि इतिहास राख्नेछ ।’
सभामा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले मुलुकको कायापलट गर्न वाम प्रगतिशील गठबन्धनको जित आबश्यक रहेको बताएका छन् । गोरखाको भच्चेकमा आयोजित पहिलो सयुक्त चुनाबी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष सँगै पुगेका ढकालले नेपालमा अब पश्चागामी, यथास्थितिबादी तथा अतिबादी सोंच र चिन्तन निरर्थक भैसकेको बताउदै संविधानले परिकल्पना गरेको समाज निर्माण गर्नुनै वाम प्रगतिशील गठबन्धनको मुख्य कार्यभार रहेको जिकिर गर्नु भयो । प्रतिनिधि सभामा सुर्य चिन्ह लियर उम्मेदवार समेत भएका ढकालले भने “गत संबिधान सभाको निर्बाचनमा गोर्खा जिल्ला वाट साँचो चिन्हमा मतदान गर्नु हुने करिब दुइ हजार मतदाताले अब समानुपातिकमा सुर्यमा मतदान गर्न र प्रत्यक्षमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताऊन आग्रह गरे । परिवार दल तिन बुदे सहमति गरि नेकपा एमालेको चुनाब चिन्ह सुर्य लिएर चुनाबी मैदानमा उत्रिएको छ ।
बाम गठबन्धन गोरखाले आयोजना गरेको चुनावी सभामा सहभागी हुन फरक फरक हेलिकप्टर चढेर आएका दुई नेतालाई बुधवार दिनभर कार्यक्रममा भाषण गर्न भ्याई नभ्याई भएको थियो ।