१९ फागुन, ललितपुर। नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रीएकनाथ ढकालले बिद्धालयले बिद्धार्थीलाइ असल र सफल बनाउने शिक्षा दिनु पर्नेमा जोड दिनु भएको छ। शनिबार एकता एकाडेमी, ललितपुरको १२औ बार्षिकउत्सब समारोहमा बोल्दै पूर्वमन्त्री ढकालले शैक्षिक स्थल सबै दृदस्टीकोणले सुरक्षित हुनु पर्ने, बिद्धार्थी मैत्री वाताबरण हुनु पर्ने तथा खोज र अनुसन्धानमुलक पद्धति द्धारा पठनपाठन गराउनु पर्नेमा जोड दिए । बाम प्रगतिशिल गठबन्धनका नेता समेत रहेका ढकालले घोकन्ते शिक्षाले बिद्धार्थी प्रतिस्पर्धी हुन नसक्ने भन्दै अध्ययनमा बिद्यार्थी स्वस्फुर्त रुचि बढाऊन सरोकारबाला सबैले ध्यान दिनु पर्ने उल्लेख गरे । एकता एकेडेमीका पिन्सीपल कृष्ण प्रसाद ढकालको अध्यक्षतमा सम्पन्न समारोहमा प्रो. नारायण शर्मा गजुरेल, ललितपुर उपमहनरपालिका वडा नम्बर २४ वडा अध्यक्ष दिनेश कार्की, कार्प नेपालका अध्यक्ष रुपसिंह भण्डारी लगायतले शुभकामना मन्तब्य दिदै बिद्यालयको उत्तर प्रगतिको कामना गरेका थिए । ३०० बिद्धार्थी रहेको एकता एकाडेमीले १०० जना गरिब तथा जेहन्दार बिद्धार्थीलाइ छात्रबृति उपलब्ध गराउदै आएको पिन्सीपल कृष्ण ढकालले जानकारी दिए । सो अवसरमा बिद्याथीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।