काठमाण्डौ माघ ११ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले मुक्तक प्रधान त्रैमासिक पत्रिका ‘मुक्तक सागर’ बिमोचन गरेका छन् । बिमोचन पछि बोल्दै निर्देशक खरेलले समाजको रुपान्तरण र जीवन परिष्करणको प्रभावशाली माध्यम हो कला र साहित्य भएको उल्ल्ोख गदै समाजमा दबाएर राखिएका र लुकेका विषयबस्तुलाई मसिनो गरी केलाई शब्दको माध्यमबाट बाहिर ल्याउने काम मुक्तकले गर्ने बताए । उनले मुक्तकलाई मात्र लिएर निकालिएको पत्रिकाको निरन्तरताको कामना गदै कतिपय पत्रिका निस्कदै बन्द हुने अवस्था आएको तर यो पत्रिका त्स्तो बन्न नसकोस त्यसको लागि आफुले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा ‘मुक्तक सागर’का संरक्षक रबिन्द्र प्रसाद गिरीले नेपाली मुक्तकको अवस्था पहिलेभन्दा अहिले धेरैराम्रो भएको बताए । उनले पहिले सिर्जना आरम्भ गर्दा कविताबाट गरिन्थ्यो भने अहिले छोटो मिठो अनि चोटिलो, पोटिलो विधा मुक्तकबाट शुरु गर्ने धेरै भेटिने जानकारी दिदै यो पत्रिका प्रकाशन गर्न सहयोग गर्ने सबैमा आभार ब्यक्त गरे ।
प्रा.डा. लक्षमण गौतमले मुक्तक समय सापेक्ष विधा भन्दै ठूला ठेलीमा दिन खोजिएको अभिव्यक्ति चतुष्पदीय शैली शिल्पका मुक्तकमा सहजै दिन सक्ने बताए । समयसँगै साहित्यको टे«ण्ड पनि परिवर्तन भएको छ भन्दै गौतमले उतिवेला भावनात्मक र नीतिपरक अभिव्यक्ति आउँथे भने, अहिले समय र चेतनाका अभिव्यक्ति बढी आउने बताए । उनले नेपालको मुक्तकको इतिहासको बारेमा जानकारी समेत गराए ।
बिमोचन समारोहमा पत्रिकाकी प्रधान सम्पादक निशा केसीले मुक्तकको मात्रै पत्रिका नभईरहेको बेलामा मुक्तक प्रेमी पाठकहरुको लागि मुक्तक सागर त्रैमासिक रुपमा ल्याएको जानकारी दिईन् । पत्रिका प्रकाशन गर्न कठिन हुने जान्दा जान्दै पनि प्रयास गरेकोले यसमा साथ दिन सबैमा आग्रह गरिन् ।
भाषाबिद्ध, संगितकार चेतन कार्कीको सभापतित्वमा भएको कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णु बिभु घिमिरे, मुक्तक प्रतिष्ठानका अध्यक्ष राम काजी कोने पत्रिकाका सम्पादक रमेश दाहाल लगायतले बर्तमान अवस्थामा मुक्तकको बारेमा चर्चा गरेका थिए । नूरा बस्नेत प्रकाशक रहेको मुक्तक सागर प्रकासन समुहले पहिलो मुक्तककार मिभदर्शन रोक्काकी श्रीमति मिना रोक्कालाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । सो कार्यक्रमको संञ्चालन राजन सिलवालले गरेका थिए ।