चाबहिलस्थित केएल टावरमा ‘मोबाइल हब’ सञ्चालन

प्रकासित मिति: ७ असार २०७४, बुधबार १६:४६

राजधानीको चाबहिलस्थित केएल टावरमा हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल हब सञ्चालनमा आएको छ।मोबाइल हवको उद्घाटन इन्टिग्रेटेट मोबिलीटी सोलुसन –आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले संयुक्त रुपमा गरेका थिए । २० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

हबमा २३ भन्दा बढि ब्राण्डका मोबाइलहरु किन्न पाइने छ भने ६० मिनेटमै उपलब्ध हुने मोबाइल मर्मत सेवा, एक्सचेन्ज र टच एण्ड फिल सुविधासहित ५० हजार भन्दा माथिका स्मार्टफोन खरिद गर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड पाइने हबका निर्देशक संगम राईले जानकारी दिए।

हबमा २० गतेसम्म चल्ने गरी एक्सपो पनि सञ्चालन गरिएको छ जस अन्तर्गत मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको राईले बताए।

केएल मोबाइल हबले उपहार स्वरुप एफक्युब सिनेमा टिकट, क्ल्ब डेजाबुमा ४ हजार रुपैंयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया रसिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरिएको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ । टच एन्ड फिलजोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले मोबाइलकाबारे अवलोकनकर्तालाई जानकारी दिने व्यवस्था मिलाइएको छ । अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइने दाबी गर्दै प्रबन्ध निर्देशक ग्लाइडरले मोबाइल हबबाट जेन्यून र कम्पनीमार्फत उपलब्ध हुने फोनको मात्र कारोबार गरिने जानकारी दिए । कार्यक्रममा एप्पल वल्र्ड मोबाइल प्रालिमा अबलोकन तथा मोबाइल खरिद गर्न पुगेकाहरु मध्येबाट एक एक जनालाइ आइफोन ७ र ७ प्लसको लक्की ड्र खोलीएको थियो । –

Bhansar Bivag
Argakhachi Cement