सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेको अर्थमन्त्री डाक्टर युवराज खड्काले बुधबार संसदको सँयुक्त बैठकमा आर्थिक वर्ष २०७६र०७७ का लागि बजेट पेश गरे ।
संसदमा प्रस्तुत भएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख ६२।४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख करिब २६ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तियतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेटले खर्चको स्रोतका लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ उठाउने अनुमानित लक्ष्य लिएको छ । यस्तै वैदेशिक अनुदान ५७ अर्ब ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिइएको छ ।