चुनाबको सदुपयोग गर्न मोर्चाका नेतालाई ढकालको आग्रह

प्रकासित मिति: १२ फाल्गुन २०७३, बिहीबार ०९:३९

१२ फागुन, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले मधेसी मोर्चाका नेता उपेन्द्र यादवलाई भेटि चुनाबको सदुपयोग गर्न आग्रह गरेका छन् । बृहतर हितको लागि मधेसको केहि पीरमर्का थाती राखेर भएपनि सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी भै सहयोग गर्न आग्रह गरे ।
पूर्वमन्त्री समेत रहेका ढकालले आफ्ना एजेन्डाहरु लियर निर्बाचनमा जादा मधेसी मोर्चालाई घाटा नपर्ने बताउँदै सिंगो देश निर्बाचन तर्फ होमिसकेको अबस्थामा आफ्ना एजेन्डा यथाबत राखेर चुनाबको सदुपयोग गर्न सुझाब दिए ।
राष्ट्रिय सरकार निर्माण गरेर चुनाब गर्ने र संबिधान संशोधनको बारेमा पनि नयाँ शिराबाट छलफल गरि नयाँ प्रस्ताब ल्याउने बारेमा ढकालले यादवको धारणा माग गरेका थिए । प्रमुख दलहरु एक ठाउमा नआई कुनै राष्ट्रिय समस्याले निकास नपाउने उदाहरण पेश गर्दै ढकालले निर्बाचनले कम्तिमा प्रमुख तिन दल एक ठाउमा ल्यायको छ अब मधेसी मोर्चा पनि त्यहि मिसियर निकास खोज्नु उपयुक्त विकल्प हुने तर्क गरे ।
नेता यादवले भने परिमार्जन सहित संबिधान संशोधन नभई गरिने निर्बाचन आफुलाई स्वीकार्य नभयको भन्दै प्रमुख दलहरु समस्या समाधानमा गम्भीर नभएको आरोप लगाए ।
बिहिबार भएको भेटमा संघिय समाजबादी फोरमका अध्यक्ष समेत रहेका यादवले प्रमुख दलहरुले मेधिसी जनताको माग सम्बोधनमा इमान्दारिता नदेखाएको सिंगो संबिधाननै असफल भै मुलुक गम्भीर संकटमा फस्ने चेताबनी दिए । नेता यादवले मोर्चाले यथास्थितिमा चुनाब स्वीकार गर्छ भन्ने कुनै भ्रममा नपर्न प्रमुख दलहरुलाई स्पस्ट पारिदिन अध्यक्ष ढकालसंग आग्रह गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement