चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

प्रकासित मिति: ३ कार्तिक २०७४, शुक्रबार ०२:४७

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका हुन् । नेपाली काँग्रेसले जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा केन्द्रीय समितिमा नामावली पठाएको छ भने नेकपा (एमाले)ले पनि प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले भने असोज ५ गते जिल्लामै उम्मेदवार टुंगो लगाइसकेको छ । उता राप्रपाले पनि समानुपातिक उम्मेदवारको नामावली केन्द्रीय समितिमा पठाएको छ ।

नेपाली काँग्रेसले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको भए पनि बैतडीमा नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारीको दोस्रो भाग सञ्चालन गरेर चुनावी अभियानलाई तीव्रता दिएको नेपाली काँग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समाजमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेकाले आफूहरुले अभियानमार्फत नागरिकसँग अन्तक्र्रिया थालेका छौँ ।”

Bhansar Bivag
Argakhachi Cement