चुनावी मैदानमा नेपाल परिवार दलका उम्मेदवार

प्रकासित मिति: २२ भाद्र २०७४, बिहीबार १५:२८

२२ भदौ, बारा । नेपाल परिवार दलले यहि असोज २ गते हुने तेश्रो चरणको स्थानीय निर्बाचनमा बारा, पर्सा, रौतहट, धनुषा लगायत जिल्लामा आफ्ना उम्मेदवार उठाई चुनाबी मैदानमा उत्रेको छ । तराईका जिल्लाहरुमा पहाडको तुलनामा राम्रो जनमत रहेको परिवार दलले आफ्ना उम्मेदवार नउठाएका स्थानीय तहमा भने सहमतिको आधारमा अन्य दलहरुलाई सघाउन सकिने दलले जनाएको छ ।
अस्वस्थ प्रतिस्पर्धाको कारण चुनाब महँगो भएकोले चाहेर पनि सबै स्थानमा आफ्ना उम्मेदवार नउठायको परिवार दलका प्रदेश नम्बर २ का संयोजक सन्तोष कुमार पौडेलले जानकारी दिए । परिवार दलले बाराको कलैया उपमहानगरपालिकाको मेयरमा र उपमेयरमा बिनेश चौधरी र किसानावती देबी, कोल्बी नगरपालिकाको मेयरमा मुनिलाल चौधरी, महागढ़ी माइ नगरपालिकाको मेयरमा उमेश राम, पपरौता पिपरपाती नगरपालिकाको मेयरमा रघुनाथ सहनी, बारगढ़ी गाउपालीकाको अध्यक्षमा नन्हक चौधरी, देबलाल गाउपालीकाको अध्यक्ष र उपाध्यक्षमा दिनेश प्रसाद शाह र अन्चला देबी, स्वर्ण गाउपालीकाको अध्यक्षमा अहिर मिया ठकुराई, विश्रामपुर गाउपलिकको अध्यक्ष र उपाध्यक्षमा केशब प्रसाद शाह र अनिता ठाकुर र पखानुपुर गाउपालीकाको अध्यक्षमा ध्रुब महत्तोलाइ मनोनोयन दर्ता गरियको परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीले जानकारी दिए ।
परिवार दलले रौतहटको गरुडा नगरपालिकाको मेयरमा किशोरी शाहनी, राजदेबी गाउपालीकाको अध्यक्षमा कदम रासुल खा राकी उम्मेदवार रहनु भएको जिल्ला अध्यक्ष श्याम बाबु चौधरीले बताए । परिवार दलले “स्थानीय तहमा नमुना काम ः परिवार दलको साँचोमा मतदान“ भन्ने नाराका साथ स्थानीय चुनाबमा होमिएको छ ।

Bhansar Bivag
Argakhachi Cement