काठमाण्डौं । छठ पर्वको अबसरमा नेपाल परिवार दलले सम्पूर्ण नेपालीमा सुख, शान्ति र संमृद्धिको शुभकामना ब्यक्त गरेको छ । परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिज्ञप्ति जारि गर्दै दलका छठ पर्वको अबसरमा सामाजिक सदभाब, राष्ट्रिय एकता र दिगो बिकासको कामना गर्नु भयको छ ।अध्यक्ष ढकालले छठ पर्व अब मधेशको मात्र नभएर समस्त नेपालीको साझा पर्व भएको बताउदै छठ पर्व सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै सबैको मनोकामना पूरा गर्न छठी माताले आशीर्वाद प्रदान गरून् भन्ने कामना गरेका छन् ।