छुट्टियो कञ्चन-मोहनको जोडी

प्रकासित मिति: २२ चैत्र २०७३, मंगलवार १५:०८

मोहन रेग्मी र कञ्चन रेग्मी तथा उनीको पारिवारिक जीवनसँग जोडिएका सवालहरु पछिल्लो समय नेपाली समाजकालागि कुरा गर्ने विषय बनेको थियो — पक्षमा होस् या विपक्षमा । जीवन भोगाइका क्रममा आपसमा छुट्टिएका दुई व्यक्तिसँगै जान अन्जानमा उनीहरुका सन्तान र छिमेकीसमेत नेपाली पत्रकारिताकालागि समेत प्रमुख पात्र बने । अधिकारकर्मीकालागि यो गतिलो बहसको विषय बन्यो । त्यो बहस कति सन्तुलित थियो? त्यसले सामाजिक न्यायको मर्म बोक्यो कि वोकेन समयले प्रमाणित गर्ला ।केही समयअ गाडि सामाजिक सञ्जाल र सञ्चार माध्यममा विवादामा मुछिएकी कञ्चन शर्मालाई उनका पूर्व पति मोहन रेग्मीले ११ लाख रुपैयाँ प्रदान गरेका छन् । नेपाल पत्रकार मञ्चको रोहबरमा सो रकम कञ्चनकी आमा छत्रछायाँ न्यौपानेलाई रेग्मीले हस्तान्तरण गरेका हुन् । वि.सं. २०४७ सालमा वैदिक विधिपूर्वक मोहन रेग्मी र कञ्चन शर्माबीच विवाह भएको थियो । पारिवरिक र व्यवहारिक रुपमा देखिएको असामञ्जस्यताका कारण २०६८ साल माघ ३ गते बाजुरा जिल्ला अदालतको फैसलाबाट सम्बन्ध विच्छेद भइ पूर्व पत्नी कञ्चन शर्माको सम्पूर्ण आर्थिक, व्यवहारिक र कानुनी हक समाप्त भएको थियो । तर, मानवीयताको आधारमा पूर्व पत्नीलाई जीवन निर्वाहको निम्ति सहज होस् भनी आफूले उक्त रकम प्रदान गरेको कञ्चका पूर्व पति मोहन रेग्मीले बताए । रेग्मीले विगतमा मिडिया र सामाजिक सञ्जालमा आएका पारिवारिक कुराले आफ्ना दुई छोराहरुको पढाइमा समेत गहिरो प्रभाव परेकाले आगामी दिनमा यसो नगर्न समेत आग्रह गरे ।

Bhansar Bivag
Argakhachi Cement