छुट अस्थायी करार शिक्षकहरु आन्दोलित

प्रकासित मिति: १३ फाल्गुन २०७४, आईतवार ०२:४२

शैक्षिक हड्ताल बार्षिक परीक्षा र एस ई ई परिक्षामा असहयोग

काठमाण्डौ । छुट अस्थायी करार शिक्षकहरु आन्दोलित भएका छन् । छुट अस्थायी करार शिक्षक संर्घस समितिले भेदभाव रहित रोजगारिका लागि समान बिज्ञापनमा समाबेस गनुपर्ने आयोगले खोलेको बिज्ञापन तुरुन्त रोक्नु पर्ने माग राख्दै आन्दोलनको घोषणा गरिएको छुट अस्थायी करार शिक्षक संघष समितिका अध्यक्ष हरीबंश पराजुलीले बताएका छन् । उनका अनुसार यदी छुट अस्थायी करार शिक्षकका मागलाई राज्यले सम्बोधन नगेर्ने हो भने चरणबद्ध आन्दोलन गरिने तथा आबरण अनसनका सम्मको कार्यक्रम रहेको बताए ।
१२ हजार भन्दा बढी छुट अस्थायी करार शिक्षकहरुलाई बिस्थापीत शिक्षकलाई आन्तरीक दिन पाएका करार शिक्षक सरहको हैसियतमा राखी आन्तरीक प्रतिस्प्रर्धामा राखिनु पर्नेलगायतका मागहरु राखेर आन्दोलित भएका छन् ।

पराजुलीका अनुसार नबौ ऐन ले विभेद गरेको र करिब १० हजार अस्थायि करार शिक्षक लाई बाहिर राखेर शिक्षक सेवा आयोगले गर्न लागेको परीक्षा कुनै पनि हालतमा हुन नदिने र दसौ ऐन मार्फत हाल सम्म नियुक्ति भएका सबै अस्थायी करार शिक्षकलाई समान अबसर बाट आन्तरिक दिन पाउनु पर्ने नभए शैक्षिक हड्ताल बार्षिक परीक्षा र एस ई ई परिक्षामा असहयोग र आबरण अन्सन लगाएतका कडा संघर्षका कार्यक्रम घोषणा गरेको जानकारी दिए ।

Bhansar Bivag
Argakhachi Cement