छुट अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन हुने

प्रकासित मिति: ९ फाल्गुन २०७५, बिहीबार १५:४३

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएको छ । बिहिवार मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक प्रतियोगितात्मक परीक्षामा विविध कारणले समावेश हुन नसकेकाहरूका लागि कानूनमा व्यवस्था गरी एकपटकका लागि आन्तरिक प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको हो ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघको वर्ता टोली बीच लामो समय देखि निरन्तर वार्ता हुँदै आएको थियो । विहिवारको वार्तामा २० बुंदे सहमति भएको हो ।नेपाल शिक्षक महासंघले देशका शैक्षिक विकासका पक्षमा रहेका मागहरू ६ ओटा र शिक्षकको पेसागत हितका लागि राखिएका २६ ओटा मागहरूका सम्बन्धमा मिति २०७५ मंसिर २४ गते भएको ७ बुँदाका सहमति र २०७५ पुस १९ गते भएको ३ बुँदे सहमति समेत यसै सम्झौताका अभिन्न अङ््ग रहने र यस वार्तामा सहमति हुन बाँकी रहेका मागका सम्बन्धमा पुनः छलफल गरी टुं्ग्याउने सहमति भएको छ ।

विहिवारको सहमतिमा मन्त्रालयका तर्फबाट शिक्षा सचिव खगराज बराल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, शिक्षा मन्त्रालयका सहसचिवहरु वैकुण्ठप्रसाद अर्याल र कृष्णप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् ।
यसैगरी शिक्षक महासंघको तर्फबाट अध्यक्ष बाबुराम थापा, सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, वार्ताटोलीका सदस्यहरु राजेन्द्रराज पौडेल, लक्ष्मण शर्मा, शंकर अधिकारी, सानोभाइ कार्की, रमेश रुपाखेती, यादवराज पाण्डे, हेमचन्द्र महतो, प्रदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement