छोराको कुटपिटबाट बाबुको मृत्यु

प्रकासित मिति: ५ चैत्र २०७३, शनिबार १५:१०

भक्तपुर, ५ चैत । मध्यपुरठिमी नगरपालिका–८ पुरानो ठिमीमा छोराको कुटपिटबाट आज बाबुको मृत्यु भएको छ ।

गएराति घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई उहाँका छोरा ३५ वर्षीय कृष्णकुमारले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते प्रजापतिको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । प्रहरीले कुटपिटमा संलग्न कुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

यौन क्रियाकलापमा संलग्न छजना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई आज पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका– ११ आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरी टोलीले छापा मार्दा यौन क्रियाकलापमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले रेस्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो

Bhansar Bivag
Argakhachi Cement