काठमाडौं मङसिर २८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले जनमतको कदर गर्नु नै सच्चा लोकतन्त्रलाई स्वीकार गर्नु भएको बताएका छन् । शुक्रबार विहान सिंगापुर प्रस्तान गर्नुअघि सञ्चारकर्मीसँग ढकालले निर्वाचनमा जे जस्तो परिणाम आए पनि त्यसलाई सहर्स स्वीकार गरेर लोकतन्त्रको रक्षा गर्न सबै राजनीतिक दलहरुलाई आग्रहसमेत गरे । ढकालले निर्वाचनको पछिल्लो परिणामलाई सबैले आत्मसात गर्दै पराजित उम्मेदवारले विजयीलाई भेटेरै बधाई दिनुले पनि नेपालमा लोकतन्त्र बलियो बन्दै गएको देखाएको बताए । उनले संबिधान र कानुनको छिद्रा खोजेर लोकतन्त्र र जनादेशको अबमुल्यन गर्ने काम कोहिबाट पनि हुन नहुने जिकिर गरे । उनले प्रधानमन्त्री देउवाले तुरुन्त राजिनामा दिएर बाटो प्रसस्त गर्ने बिश्वास ब्यक्त गरे । ढकालले नेपालको ऐतिहासिक परिबर्तनलाई सस्थागत विकास गर्ने सवालमा तथा राष्ट्रिय मुद्धाहरुमा पक्ष र प्रतिपक्ष नभई सबै राजनैतिक दलहरु एकजुट भयर अघि बढ्न सके छोटो समयमा नेपालले फड्को मार्न सक्ने दावी गरे ।
नेता ढकालले निर्बाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउबा, नेपाल सरकार, निर्बाचन आयोग, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई धन्यवाद पनि दिएका छन् ।