जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक

प्रकासित मिति: ११ फाल्गुन २०७४, शुक्रबार ०२:१८

नेपालको जनसंख्याभन्दा ७० लाख बढी मोबाइल ग्राहक रहेको छ ।केन्द्रीय तथ्यांक विभाग सीबीएसको पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८९ लाच ८० हजार छ । यसमध्ये ४० लाखभन्दा बढी वैदेशिक रोजगारीमा अनुमान गरिएको छ भने ५ लाखभन्दा बढी नेपाली विद्यार्थीका रुपमा संसारका विभिन्न मुलुकमा छन् । सिजनल रोजगारीका लागि भारतका विभिन्न सहरमा जानेको संख्या पनि २० लाखभन्दा बढी रहेको बताइन्छ । नेपालमा ठ्याक्कै कति बस्छन् भनेर अनुमान लगाउन गाह्रो छ । तर नेपालमा दूरसञ्चार क्षेत्रका ग्राहक भने कूल जनसंख्याभन्दा बढी देखिन्छन् ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ करोड १२ लाख सिमकार्ड बिक्री भइसकेको छ । यसरी हेर्दा नेपालको जनसंख्याभन्दा ७० लाख बढी सिमकार्ड वितरण भएको छ ।
यो समाचार कारोबार दैनिकमा छ ।

Bhansar Bivag
Argakhachi Cement