जन्ती चढेको बसमा करेन्ट लाग्दा धनुषामा ७ को मृत्यु

प्रकासित मिति: ११ माघ २०७५, शुक्रबार १६:३७

धनुषामा शुक्रबार साँझ एक बसमा करेन्ट लाग्दा ६ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपेन्द्र शाहीका अनुसार जनकपुरदेखि २० किलोमिटर उत्तरपूर्वमा पर्ने सवैला नगरपालिका ७ मा बसमा करेन्ट लाग्दा उनीहरूको ज्यान गएको हो।घटनामा परी ६ यात्रु घाइते भएका छन्। उनीहरूको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको डिएसपी शाहीले जानकारी दिए।

विद्युतको पोलबाट निस्केको करेन्ट भएको तार लालीमा यातायातको ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बसको छतमा लागेपछि घटना भएको प्रहरीले बताएको छ

Bhansar Bivag
Argakhachi Cement