जयाको ‘आवरण’ बिमोचित

प्रकासित मिति: २६ मंसिर २०७३, आईतवार ०२:३१

काठमाडौं । कला क्षेत्रमा कलाकार र स्क्रीट राईटर का्े परिचय बनाएकी जया ओझाको परिचय फेरिएको छ । समाजमा तेस्रोलिङ्गीहरुले निकै समस्या खेप्नुपर्छ । उनीहरुले समाजको नजरमा त तिरस्कार खेप्छन् नै,घरपरिवारको सदस्यहरुबाट समेत अवहेलनाको सामना गर्छन् । तेस्रोलिङ्गीहरुको यही सामाजिक दुर्दशालाई विषय बनाउँदै कालाकार तथा लेखिका जया ओझाले लेखेको उपन्यास ‘आवरण’ शनिवार बिमोचन गरिको छ ।
उल्लेखय कलाकार सहित्यकारहरुको बिचमा सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा भाषाविद् तथा कोषकारवसन्तकुमार शर्म्मा नेपालले कृतिको विमोचन गरे । उपन्यासबारे टिप्पणी गर्दै निबन्धकार शेखर खरेलले उपन्यासकारले आफैं अन्तरलिङ्गी भए जसरी पात्रको मनोदशा सजीव रुपमा चित्रण गरेको बताए । ‘ईश्वरीय त्रुटि भए पनि अन्तरलिङ्गी पात्र सामाजिक ऐँजेरुको रुपमा बसेको छ,’ खरेलले भने, ‘समाज तथा परिवारमा उनीहरुको अस्तित्व सामान्य रुपमा नस्विकारिनु विडम्बना हो ।’कार्यक्रमका वक्ता तथा अन्तरलिङ्गी पात्र इशान रेग्मीले आफ्नोमाध्यमबाट असङ्ख्य अन्तरलिङ्गीहरुको पीडालाई उपन्यासमा चित्रण गरिएकोमा खुसी लागेको बताए । शरीरमा हर्मोनकाकारणले हुने अन्तरलिङ्गी समस्यालाई समाज तथा परिवारलेबुझ्न नसकिरहेको बेला उनीहरुमा रहेको भ्रम यो उपन्यासबाट केही हदसम्म भए पनि हट्ने आशा व्यक्त गरे ।
लेखिका उमा सुवेदीले अन्तरलिङ्गी व्यक्तिलाई सन्ताननमान्ने समाज तथा परिवारलाई साहित्यमार्फत चेतना फैलाउने उपन्यासकार ओझाको प्रयासलाई सराहनीय भन्दै सबैभन्दा पहिले अभिभावक परिवर्तन हुनुपर्ने बताइन् । उपन्यासमा सन्तान शुख प्राप्त गर्न नगर्ने बाबुको कथालाई उजागर गरिएको छ । उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो ।

Bhansar Bivag
Argakhachi Cement