जलवायु परिर्वतन र नेपालको बर्तमान कृषिको अवस्था

प्रकासित मिति: २२ चैत्र २०७३, मंगलवार १६:४०

मथुरा खनाल

नेपाल एक भूपरिवेष्ठित देश भएतापनि यस भित्रकोे भौगोलिक, तथा साँस्कृतीक विविधताका कारण यसभित्र वसोवास गर्ने समुदायका लागि प्रकृितको अपार र्र्र्र्आिशवादका रुपम प्राप्त हिमाल,उच्च पहाड,चुरे र समथर तराई जस्ता विविध भु–वनोट गौरवका विषय हुन । यँहा जसरी विविध भू–वनोट छ त्यसरी नै मानविय विविधता पनि छ जससँग धेरै भेषभुषा, भाषा,,धमर्,साँस्कृतीक,परम्पपरा र ज्ञानशीप उपलब्ध छन । समुन्द्र सतहदेखि ६० मीटरको उँचाइबाट शुरु भएर विश्वकै सर्वोच्च शिखर सगरमाथाको उँचाइ सम्म फैलिएको हँदा जैविक विविधताको धनी नेपालमा उष्णप्रदेशिय वनस्पती देखि टुन्द्राप्रदेशिय वनस्पती,जीवजन्तुहरुको उपलब्धता छ । यँहाको प्राकृतिक श्रोत र साधनको दीगो व्यवस्थापन गरी सँरक्षण, सदुपयोग गर्न सकेमा देशवासीका लागि मात्र नभै विश्वका जनसमुदायलाई नै लाभदायक वनाउन सकिने प्रचुर सम्भावना छ ।उच्चहिमालमा विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत विस्वका उच्च हिमाल मध्ये आठवटा अग्ला हिमाल चाँदिजस्तै उच्चशिर झल्काइरहेका मात्र छैनन विश्वका पर्यटकहरुलाइ मनमोहक दृश्यबाट आर्कषण गराइ वषर््ेँिनी लाखौको रावश्व राज्यलाइ उपलब्ध गराएका छन । यिनै हिमशृखला वाट उत्पन्न कर्णाली,गण्डकी र कोशी तरेली पर्दै सोसायी रहेका मात्र छैनन यहाँको उर्वर जमीनमा विविध किसिमका कृषि उत्पादनका लागि सिँचाइ, विधुत उत्पादनका अवसरहरु तथा पर्यटकीय उधोगका सम्भावना दिन सदा तत्पर छन । उच्च हिमाली क्षेत्रमा रहेका वहुमुल्य औषधिजन्य जरीवुटि सुगन्धित तेल निकाल्न मिल्ने वनस्पितिहरुले यहाँका वसिन्दालाइ मात्र हैन उधमशिलताको विकाश गरी रोजगारी श्रृजना गर्न चाहने जो कोहिका लागि अवशरहरु दिइरहेका छन । उच्च पहाडी क्षेत्रका चरण क्षेत्रहरु पशुव्यवसाय बाट दुग्ध उत्पादन गर्न विभिन्न प्रजातिका घाँसहरु उपलव्ध गराइराखेका छन। यसक्षेत्रमा विभिन्न प्रजातिका गाईहरुको राम्रो व्यवस्थापन गरी दुध र दुग्धजन्य उत्पादनमा आत्मनिभरमात्र होइन छिमेकी राष्टहरुमा पनि यसवाट वन्ने परिकारहरु र्नियात गर्न सक्ने ठुलो सम्भावना छ।यतिमात्र होइन यस क्षेत्रमा कृषि उत्पादनका परम्परागत विधिलाइ परिर्माजन गरी यहाँ पाइने स्याउ,नास्पाती जुनार लगायत रसजन्य वनस्पति जस्तै डालेचुक(क्भबदगअपतजयचल० जस्ता प्रजातिलाई उच्च प्राथमिकता दिए यसवाट धेरैे आम्दानि गर्न सकिन्छ ।मध्य पहाडीक्षेत्र जहाँ उत्तम प्रजातिका डालेघाँसहरु प्रचुरमात्रमा पाइन्छन ।पशुव्यवसायका लागि उपलब्ध अवसरका साथसाथै जैवीक मलप्रयोग गरी स्वस्थकर खाधान्न जस्तै फापर,कोदो,जौ,गहु,मकै लगायत अन्य नगदेवाली उत्पादन गरेमा वर्तमान अवस्थामा तिनको माग धेरै भएको हँुदा आफनो देशमा रहेको जनसख्यालाई स्वस्थकर खाध उत्पादनमा आत्मर्निभर वनाउन सक्नुका साथै विदेशमा पनि निर्यात गर्न सकिने प्रचुर सम्भावना छ। यस क्षेत्रमा फलफुल व्यवसायको साथै,माहुरी पालन,माछापालन,च्याउखेती, कुखुरापालन,परेवापालन तथा तरकारी र नगदेवाली उत्पादनको लागी राम्रो हावपानी रहेको छ । तेजपात९ऋष्ललबmयmगm तबmबबि० र टिमुर (श्बलतजयहथगिm बचmबतगm० लागि उचित क्षेत्रहरु यहाँ अदवा,अलैची,अम््िरासो,आलु,अकवरे खुर्सानी जस्ता नगदेवालीवाट प्रसस्त आयआजर्न गर्न सकिन्छ । मध्य पहाडीक्षेत्र र तराईमा पाइने विविध किसिमका बास प्रजातिलाइ दीगो सदुपयोग गर्री उधमशिलताको विकाश गर्न सकेमा यसवाट उत्पादित हस्तकला,घरायासी समान वाट आत्मनिर्भर मात्र होइन वाहिरी देशहरुमा पनि निर्यात गर्न सकिने राम्रो सम्भावना छ ।यसले ठुलो सख्यामा रोजगारी श्रृजना गर्न सकिन्छ। यसमा ठूलो लगानी गर्नुनपर्ने र परम्परागत ज्ञान र शीपको पनि सँरक्षण हुन,े भएको शीपमा थोरेै शीपकोे तालिम भए आजभोलिका बजारको माग लिन सजिलै सकिन्छ।

तराईका समथर भुभाग जहाँ देशको जनसख्यालाई खाधमा आत्मनिर्भर वनाउन सक्ने उर्वरा भुमि छ, सिँचाइको व्यवस्था गर्न सकेमा धान,गहँु,मकै,उखु मात्र होइन उष्णप्रदेशिय फलफुलहरु जस्तै आप,लिचि,केरा अम्वा,मेवा तथा नरीवल उत्पादनका राम्रा सम्भावना प्रसस्त छन । वहुमुल्य औष्धिजन्य जरीवुटिले भरिपुर्ण यो क्षेत्र सुगन्धित तेल निकाल्न मिल्ने वनस्पितिहरु जस्तै मेन्था (ःभलतजब उष्उभचष्तब०,लेमनगा्रसहरु(ऋथदयउयनयल कउभअष्भक०ु रस उत्पादनको लागि वेल९ब्भनभि mबचmभयिक० पनि यसक्षेत्रका चिनारी हुन। परम्परागत कृषिप्रणालिमा सुधार गर्दै वैज्ञानिक कृषिप्रणालिको विकाश गरि कृषि र पशु व्यवसायलाई राज्यस्तरवाट व्यवस्थापन गरी देशभित्र रहेका शीपमुलक जनशतिmलाई आधुनिक प्रविधिमा दक्ष वनाई रोजगारमुलक कृषिप्रणालिको विकाश भैसकेको हुनुपर्ने हो।
विश्वमा वढृदै गइरहेको तापक्रम र त्यसवाट उत्पन्न जलवायु परिवर्तनका असरहरुबाट मात्र होइन विश्व ध्रुविकरणको प्रभावबाट नेपाल पनि सक्रमित हुन पुगेको छ । धनी राष्ट्रहरुले गरेको प्रविधि विकाशको साथसाथै शहरीकरण,औधोगिकरण र आणविक भटीहरुको स्थापनाका कारण जीवनजगतलाई नै चुनेोती दिने हानीकारक हरितगृहग्यासहरु ( कार्वनडाइअक्साइड,नाइट्रिक्रअक्साइड,मिथेन,हाइड्रोफोलोरोकार्वन,परफोलोरोकार्वन,सल्फरहेकजाफलोराइड र पानीका वास्पहरु) वाट वनस्पति,जीवजन्तु र मानव जातिलाई सँकटमा पारिरहेको अवस्था श्रृजना भैरहेको छ । यी ग्यासहरुको प्रभाववाट जलवायुमा पर्न गएकोअसरका कारणसमयमा वर्षा नहुने,सुख्खा खडेरी लामो हुनु,कतै अतिबृष्टिबाट वाढि पहिरोका कारण जनधनकोक्षति हुन गइरहेका छन भने कतै अनावृष्टिका कारण उत्पादन योग्य भुमी मरुभुमीमा परिणत हुँदैछन । जलवायु परिवर्तनका असरहरुबाट मुख्यगरी यी क्षेुत्रहरुमा प्रभाव परेको देखिन्छ वन तथा जैविक विविधता,जलश्रोत र उर्जा,कृषि तथा खाध सुरक्षा,मानव स्वास्थय र भौतिक पुर्वाधारहरु । यसका असरहरु सबैका लागि समान नहुन सक्दछन। धनी राष्ट्रलाइ भन्दा गरिव राष्ट्रलाइ तथा धनी परिवारलाइ भन्दा गरिव,वृदा,महिला र वालवालिकाहरुमा असरहरु वढि पर्न गएको देखन्छ किनभने यीनीहरु नै वडि जोखिम अवस्थामा रहेका छन र वहन क्षमता पनि कमजोर हुन्छ । विकशित देशहरुले जलवायु परिवर्तनका असरहरुबाट बच्न र जोखिमलाइ न्यूनिकरण गर्न वहन क्षमतामा वृद्वि गरीसकेका छन भने हाम्रो जस्तो गरिव मुलक जहाँका जनता साँझ र विहानको हातमुख जोर्ने समस्यावाट ग्रसित छन जलवायु परिवर्तनका असरहरुबाट बच्न र जोखिमलाइ न्यूनिकरण गर्न वहन क्षमतामा वृदि गर्नुत टाढाको कुरा देखिन्छ । जलवायु परिवर्तनका असरहरुबाट सवैभन्दा वढि चाँप नेपालले व्यहोर्न परेको देखिन्छ यधपि नेपालको हरितगृह ग्यासहरु उत्पादनमा कुनै योगदान छैन भन्न सकिन्छ अर्थात ०.०२७ प्रतिशत मात्रछ ।तापक्रमको बृद्विले गर्दा बाह्रैमहिना हिँउले ढाकिएका उच्च हिमाल आज काला चटानको रुपमा परिणत भैरहेका छन भने हिमतालहरु फुटेर त्यसतलका बस्तिहरु नै बगाउने जोखिम त्यतिकै छ । हिमनदीहरु बढेर वाढि पहिरो र नदिकटानको समस्या बढदो छ । उच्च हिमालहरु यसरी नै पग्लिदै जानेहो भने भविष्यमा पानीका श्रोतको अवस्था कस्तो होला,जलविधुत आयोजना र विधुत उत्पादनमा कस्तो असर पर्ला, यसले नेपालका पर्यटकीय क्षेत्रमा कस्तो प्रभाव देखाउला यो अति जटिल समस्या बनेको छ । तापमान बृद्विका कारण हिमरेखाहरु माथिमाथि सरेका छन भने जैेविक विविधतामा ह्रा्रश आइरहेको तथ्यले देखाउँछन । विगत एक दशक देखिको अध्यनका अनुसार लामो खडेरी,सुख्खाहावा कम वर्षाका कारण मध्य पहाडि क्षेत्रका पानीका मुहानहरु दीनदिनै सुक्दै गएका छन भने आकाशे वर्षाको भरमा रहेका खेतियोग्य जमिनहरु बाँझिन पुगेका छन । समयमा वर्षा नहुदा मौसम अनुसारको कृषि प्रणालिलाइ नै खलवलाएको हुँदा खाधसुरक्षामा सँकट देखिन थालेको छ ।यतिमात्र होइन खडेरीका कारण विभिन्न किसिमका रोग,किराको प्रकोप अत्यधिक बढे सगै किटनाशक औषधिको प्रयोग बाध्यकारी बन्न पुगेकोछ । पशु व्यवशायको लोपन्मुख हुँदैजादा जैविक मलको सट्टा रासायनिक मलको प्रयोगवाट जमिन मात्रहोइन मानव जीबन र पशुपक्षिमा समेत जटिल रोगहरु देखिन थालेका छन यसले कस्तो समाजको श्रृजना गर्ला ? लामो खडेरी,सुख्खाहावा र व्यवस्थापनको कमजोरीका कारणा वन तथा जैविक विविधता माथि परेको चर्को असरको ज्वलन्त उदाहरण हो गतवर्ष २०७२ साल फाल्गुण र चैत्र महिनामा लागेको डढेलोले नेपालका धेरैवन जँगलहरुको नोक्सानी भयो। वन र वनस्पति,काठ र गैह्रकाष्ठ मात्र होइन यसवाट वन्यजन्तुहरु जैविक विविधताका साथै धनजनको समेत नोक्सानि भयो। पहाडि क्षेत्रमा गाउसँग जोडिएका सामुदायिक वनहरुमा लागेको आगोवाटवन र वनस्पति मात्र होइन घर गोठ र चौपायाहरु समेत डढेर ठूलोक्षति व्यहोर्न परेको तथ्य हामी सवैलाइ जानकार नै छ । झण्डै तीन दशक लगाएर सँरक्षण गरी हुर्काएका सामुदायिक वनहरु वनजन्य उत्पादनको दीगो विकाश गरी वनमा आधारित समुदायलाइ आत्मर्निभरवन्ने अवस्थामा पुगेकै वेला क्षणभरमानै खरानीमा परिणत हुनु दुःखदायी कुराहो ।
यसरी नै कतिपय स्थानहरुमा अतिर्बृष्टि भै भूक्षय, ,पहिरो, वाढिकाकारण तराईका उर्वर भुमी कटान,ढुवान हुनका साथै भौतिक पुर्वाधारहरु जस्तै वाटो,पुल,नहर, विधालय,सामुदायिक भवन तथा जलविधुत आयोजनाको समेत क्षति भयो यसवाट मानिसको जीवनयापनमा धेरै समस्याहरु थपिदैगएका छन ।
नेपालको परिपेक्षमा हेर्दा जलवायु परिवर्तनले ल्याएका चुनौतिहरुमा कृषि र खाध सुरक्षामा सवैभन्दा जटिल समस्या पर्ना गएको देखिन्छ ।उर्वरा जमिन भएपनि सिँचाइका लागि कुलो,नहर आदिको विकाश नभैसकेकाले मनसुनी वर्षामा निर्भर कृषिक्षेत्रहरु समयमा मनसुनी वर्षा नहुँदा मौसम अनुसारको खेतिगर्न पाएका छैनन। वर्षा धेरै कम हुनेहुँदा पानीका मुहानहरु सुक्दै जानाले धेरै स्थानहरुमा पिउने पानीको अभाव बढेको छ । उत्पादन पनि नहुने र पिउने पानीको अभावका कारण पहाडि क्षेत्रका वासिन्दाहरु बँसाइ सर्ने प्रथा पूर्व मेची देखि पश्चिम महाकाली सम्म बढदो देखिन्छ ।

आफनो देशमा रोजगारीको अबसर नभएको कारण वैदेशिक रोजगारीमा जाने र कमाएको धनले तराईका बाटोछेृउका, शहरका घडेरी किन्ने प्रचलन बढेको छ भने पहाडका सवैजग्गा जमीन छाडेर अनयत्र बँसाइ सर्नैको लहर पनी कम छैन । आफ्नो पुस्ताले गरेको कृषि पेशालाइ त नयाँ पुस्ताले चट्टकै छाडेको देखिन््छ ताकि पहाडि क्षेत्रका सुविधा भएका गाँउघरहरु पनि खालीवन्दै गएका छन। घरहरु भत्किने अवस्थामा पुगेका छन भने खरवारीमा काँढा,खेतवरीमा वनमारा मौलएको देख्न पाइन्छ। घरका छानाहरुमा झार,आगनमा सिस्नो,कटकारी र दुवो मौलाएको छन भने गोठका छानामा फर्सि,इशकुस र चुच्चेकरेली मेोलाएकाहन्छन तर यसको उपभोग गर्ने कोहि देखिदैन। । सम्भ्रान्त परिवारका मानिसहरुवेलायत,अष्ट्रेलिया रयुरोपमा छनभने मध्यमवर्गका काठमाण्डौ,पोखरा,विराटनगर,वीरगन्ज,जनकपुर,नेपालगन्ज,धनगढी र महेन्द्रनगर जस्ता शहरी क्षेत्रमा वँसाइ सरेको पाइन्छ । गरीव पविारका सदस्यहरु साहुको ऋणधन र घरजग्गा धीतोमा राखी वैदेशिक रोजगारीमा कतार,मलेशिया,दुवइ र भारतमा छन । दलित समुदाय जो परम्परागत ज्ञानशीपका धनी छन उनीहरु आफ्नो शीपको निरन्तरता दिनेतर्फ त कुरै छाडौ यहाँका अवशरहरुलाइ न त राज्यले नै हेरेको छ नत यस क्षेत्रका वासिन्दाले ।
पहाडका कृषियोग्य जमिन यसरी बाँझिदै गएका छन भने काठमाण्डौ र तराईका उर्वरा भूमीमा टुक्रा(पलटिङ्ग) गरी वैदेशिक रोवगारीवाट आएको धन घडेरी किन्नमा,घर वनाउनमा व्यापकता बढको छ। घर वनाउने र भाडामा घर लगाउने,वस्नेको लहर काठमाण्डौमा मात्र होइन देशका विभिन्न साना ठूला शहरमा पनि निकै मौलाएको छ ।यसवाट समाजमा धेरै नकारात्मक प्रवृति पनि मौलाएको देख्न र सुन्नमा आएकाछन । बृद्घ भएका आमा वावु जस्ले एउटा सानो झुपडिमा वसी त्यहाँका पाखापखेरामा खनजोत गरी उत्पादित अन्नपातले ७,८ जना छोराछोरी हुर्काउने,पढाउने काम गरे आज ती बृद्घहरुको रेखदेखमात्र होइन मर्दापर्दा मलामी जाने मानिसको पनि अभाव भैरहेको अवस्था छ ।वल्लतल्ल तरकारी खेतितर्फ उन्मुख किसानहरु पनि कृषि सम्बन्धि राम्रो ज्ञानका अभावमा अत्यधिक रसायनिक मल र विषादिको प्रयोगका कारण आफनो स्वास्थय मात्र होइन शहरिया उपभोक्ताहरुलाई समेत खतरामा पारिरहेका छन । दशकक्षा, वाह्रकक्षा पढेपछि काम गर्न हुन्न,कृषिपेशा गर्ने अक्षर नचिन्नेहरुले मात्र हो भन्ने गलत सोचाइका कारण शहरमा वस्ने वच्चाहरुलाइ आवाशिय विद्यालयमा राख्ने, सवै वनावटी खाना खाने प्रवृतिको हावी भएको देखिन्छ । हुनत हाम्रा गाँउघरहरुमा राम्रा बिधालय,हस्पिटल, कलेज र उधोग कलकारखानाको विकाश भएको भए परिस्थिति अर्के हुन्थियो होला ।
आफनो देशमा भएका धेरै अवसरहरुको प्रयोग नगरी विदेशको कमाइ विदेशको उत्पादनमा भरपर्ने हो भने भारत जस्तो विस्तारवादी तथा प्रभुत्वबादीदेशले फेरी नाकावन्दि लगाउदा नेपाली जनताले के खाएर वस्ने होला ? समयमा नैयस तीतो सत्यलाइ मनन गरी अग्रगामी पाइला नचालेमा भश्यिमा जटिल र विकराल अवस्था नआउलान भन्न सकिन्न । यस अवस्थालाइ निराकरण गर्न राज्य,पार्टि र जनता स्वय पनि नयाँ प्रविधिको विकाश गरी,परम्परगत प्रणालीको अनुसरण गर्दे, विज्ञानको प्रयोग गरी आइपर्ने चनौतिको सामना गर्दे आफनो देशमा भएका अवसरहरुको प्रयोग गरौ, श्रोत र साधानको दीगो प्रयोग गरी आत्मनिभृर बन्न कोशिस गरौ । जलवायु परिवर्तनका असरहरुबाट बच्न समयमा नै बहन क्षमतामा बृद्घि गरौ हामीसँग धरै अबसरहरु छन।

(लेखक खनाल वन तथा प्राकृतिक श्रोतसाधन व्यवस्थापन विज्ञ हुनुहुन्छ)।

Bhansar Bivag
Argakhachi Cement