जवाफी फायरमा ओली ‘नम्बर वान’

प्रकासित मिति: १० चैत्र २०७५, आईतवार ०५:१४

रमेश कुमार बोहोरा
काठमाडौ । आखिर जसरी भएपनि मानिसको अन्तिम लक्ष्य चर्चा कमाउने नै हो । कोही राम्रो काम गरेर चर्चा कमाउँछन् उसलाई सबैले हाइहाई गर्छन् तर कोही भने नकारात्मक काम गरेर चर्चा कमाउन खोज्छन् ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली पनि निकै चर्चित छन् तर कुनै राम्रो र महान कामले होइन । आफ्नो जिम्मेवारी बिर्सेर सधैं उरन्ठेउला भाषण गरेर विपक्षीलाई गालीमात्र गर्न उनी लागिपरेका छन् । आफू प्रधानमन्त्री भएको थाहा नपाएजस्तो गरी जथाभावी बोल्ने ओली दिनैपिच्छे जनताको नजरमा भनें गिर्दै आएका छन् तर उनले यो कुरालाई कुनै मतलब गरेका छैनन् । सधैं अरौटेभरौटेको पछि लागेर हाइहुइमै दिन बिताउने उनको दैनिकीजस्तै भएपछि देश र जनताको विषय टाढाको भएको छ ।
सरकार बनेको आज १३ महिना ७ दिन भएको छ । यो बीचमा सरकारले यो कामचाँही राम्रो गरें भनेर देखाउन त सकेन नै नभएका र हावादारी कुरा गरेर जनतालाई थप पीडा दिएको छ । हिजो निर्वाचनका बेला जनतामाझ गरेको प्रतिवद्धता उसले बिर्सेको मात्र होइन त्यसमाथि ठूलो घात गरेको छ । हिजो भारतले नाकाबन्दी गरेको बेला भारतको विरोध गरेर चर्चा कमाएका ओलीले अहिले कहिल्यै पनि माथि जान नसकिने गरी आफूलाई पतन बनाएका छन् । कसले मेरो बारेमा के भन्छ भनेर सधैं खोजी हिँड्ने उनी जवाफी फायरमा भने ‘नम्बर वान’ नै भएका छन् । सत्ता चलाउँदा ख्यालठट्टा गर्ने उनी अहिले पार्टीमा पनि अल्पमतमा परेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीबाट खुशी छैनन् तर वाध्यताले कहिलेकाँही भने सरकारलाई सहयोग हुनेगरी बोलिदिने गर्छन् ।
निर्वाचनमा जाँदा बृद्धभत्ता महिनाको ५ हजार दिने भनेपनि अहिले व्याख्या फेरेको छ सरकारले । ५ वर्षसम्म ५ हजार पु¥याउने भनेर जनतालाई झुक्याउन जानेको नेकपाको चरित्र नराम्ररी प्रदर्शन भएको छ । आफ्नो लागि जे जति खर्च पनि सरकारी ढुकुटीबाट गर्ने र जनताको पक्षमा खर्चनुप¥यो भने सरकारी कोषमा पैसा छैन भन्न जान्ने सरकारप्रति सर्वसाधारणको विश्वास फेरि नफर्कने गरी गुमेको छ । विभिन्न किसिमका काम गर्छु भनेर विज्ञापन गर्ने अनि अन्तिममा तिनिहरुसँगै मिलेर ‘सेटिङ’ गर्ने धन्दा गर्नु सरकारको पेशाजस्तै भएको छ । भ्रष्टाचार गर्दा पनि गर्दिन र गर्न पनि दिन्न भन्ने नारा अहिले गाउँखाने कथाजस्तै भएको छ ।
सरकारले आफ्नो दायित्व बिर्सदा वास्तवमा कम्युनिस्ट सरकार जनताको पक्षमा हुँदो रहेनछ भन्ने प्रमाणित भएको छ । सरकारले यो सरकार ५ वर्षसम्मको लागि हो १ वर्षमै परिणाम खोज्ने होइन भनेर जनतालाई ढाँटेपनि जनतामा पलाएको बिबेकले सरकारलाई क्षमा दिन सक्दैन ।

Bhansar Bivag
Argakhachi Cement