जागिर छाड्दै चार हजार निजामति कर्मचारी

प्रकासित मिति: १४ फाल्गुन २०७४, सोमबार ०२:४८

प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेका बेला करिब चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।गत पुस ३० गते ४५ दिनको अवधि राखी सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी समायोजनमा जान नचाहने कर्मचारीलाई स्वैच्छिक अवकाश लिन सूचना सार्वजनिक गरेको थियो ।

मन्त्रालयका अनुसार निवेदन दिन तोकिएको समयावधिको अन्तिम दिन आइतबारसम्म तीन हजार ४८० जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।सरकारले ४५ दिनअघि कम्तीमा २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पुगेका कर्मचारीका लागि स्वेच्छिक अवकाश नीति ल्याएको हो ।

स्वैच्छिक अवकाश रोज्न योग्य ५० वर्ष उमेर पूरा भएका र २० वर्ष सेवा अविध पूरा गरेका २२ हजार कर्मचारीमध्ये कम्तीमा १२ हजारभन्दा बढीले अवकाश रोज्ने अनुमान गरिए पनि त्योभन्दा निकै कम संख्यामा आवेदन परेको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

Bhansar Bivag
Argakhachi Cement