कैलाली । कैलालीको धनगढी स्थीत शुभ श्री प्यालेसमा पनि बैबाहिक प्रतिबद्दता तथा पारिबारिक महोत्सब कार्यक्रम शनिबार भब्यताका साथ सम्पन्न भएको छ ।
बिश्व शान्ति तथा एकिकृत परिवा सघका कैलालीको आयोजनामा भएको कार्यक्रमा जिल्लाभरीबाट सयौ जोडीहरुको सहभागिता रहेको जिल्ला अध्यक्ष नबिन जैशीले जानकारी दिए । विभिन्न जात जाति,भाषा,धर्म तथा विभिन्न पेशामा आबद पाँचसय भन्दा धेरै जोडीहरुको श्रीमान् र श्रीमति बिच कहिल्यै नछुटिने कसम खाएका थिए ।
युनिर्भसल पीस फेडेरेसन नेपाल का प्रदेश ७ संयोजक डम्बर बहादुर पालको सभापतित्वमा भएको कार्यक्रमा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह सावद , नगर उपप्रमुख रत्ना कडायत तथा संस्थाका अन्तर्रा्ष्ट्रिय सल्लाहकार ईम इन सुकको सहभागिता रहेको थियो । सो अवसरमा शान्ति स्थापना गर्न सहयोग पुर्याउने बिभिन्न व्यक्तिहरु लाई शान्तिदुत बाट सम्मानित गरियो । यसरी सम्मानित हुनेहरुमा धनगढी उप महानगरपालिका मेयर नृप बहादुर वड , गोदावारी नगरपालीका का प्रमुख हरि सिंह सावद, उपप्रमुख रत्ना कडायत ,कैलाली बहुमुखी क्याम्पस का प्रमुख डा.पदम राज जोशी , ऐस्वोर्य बहुमुखी क्याम्पस का प्रमुख धर्म देव भट्ट, समाजसेवी नरेन्द्र बहादुर शाही , तथा राजनीतिक व्यत्तित्व रमेश धामी रहेका थिए ।
सहभागी दम्पतिहरुलाई पारिवारीक मुल्य मान्यताको बारेमा बल्र्ड कार्प नेपालका अध्यक्ष रुपसिँह भण्डारीले प्रशिक्षण दिएका थिए ।