जुम्ला बहुमखी क्याम्पसमा तालाबन्दी

प्रकासित मिति: १२ फाल्गुन २०७३, बिहीबार ०२:५८

जुम्ला, १२ फागुन । जुुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयका विरुद्ध क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको अखिल क्रन्तिकारीका जिल्ला अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार क्याम्पस प्रशासन एकलौटी ढङ्गले अगाडि बढेको भन्दै आपत्ति जनाउनुभयो । अखिल क्रन्तिकारीले आफैँले तालाबन्दी गरेपनि प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्न स्ववियु निर्वाचन हुन लागेपनि पटक पटक विद्यार्थी सङ्गठनले क्याम्पसमा तालाबन्दी गर्दा विद्यार्थीको पढाइमा नराम्रो असर पारेको देखिन्छ, त्यसैले अब निकासको बाटोतिर विद्यार्थी नेता लाग्न अति आवश्यक देखिन्छ भनेको छ ।

क्याम्पस प्रमुख वसन्तराज भण्डारीले चुनावी प्रयोजनका लागि मात्र गरिएका संयुक्त भर्ना खारेज गर्ने निर्देशन भएअनुसार निर्णय गरिएको बताउनुभयो । मतदाता नामावली प्रकाशन गर्ने तयारीमा रहँदा यो निर्णय विरुद्धमा भने अखिल क्रान्तिकारीले तालाबन्दी गरेको जनाउनुभयो ।

जुम्लाका सबै विद्यार्थी सङ्गठनबीच माघ २१ गते बैठक बसेर त्रिभुवन विश्वविद्यालयले गरेको परिपत्र सबैले मान्ने सहमति भएको थियो । जुम्ला, दाङ, सिराहामा यो समस्या भएकाले बुधबार त्रिभुवन विश्वविद्यालयमा यसका बारे छलफल भइरहेको उहाँले जनाउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement