जूनमा चुहेको त्रास (गजलसङ्ग्रह)

प्रकासित मिति: १९ श्रावण २०७५, शनिबार ०४:३०

– अरुण नदी खत्री
गजलकार कृष्णादेवी शर्मा (श्रेष्ठ) कोे जूनमा चुहेको त्रास नामक गजलसङ्ग्रह २०७१ सालमा निस्केको छ । यसभित्र उनीद्वारा लेखिएका ८० वटा गजलहरु समावेश गरिएका छन् । परिश्रम गर्नेसँग भगवान पनि डराउँछन् भन्छन् कृष्णादेवीको यो गजलको उडान निरन्तर चलिरहनेछ । नेपाली भाषा साहित्यमा गजल लेखेर उनले अक्षरका बीऊहरुलाई रोपाई गर्न सफल भएकी छिन् । मेरो प्यारो अगम धरती स्वर्ग नै पारिदिन्थे, सारा तारा सकल नमका मत्र्यमा झारिदिन्थे उनीद्वारा रचित यस सङ्ग्रहभित्रको पहिलो गजलमा लेखिएको छ । गजल लेखनमा कृष्णादेवी अगाडि बढ्दै गएकी छिन् । उनका गजलहरु साहित्यप्रेमी पाठकहरुले मन नपराउलान् भन्न सकिन्न ।
सुनेकी छु मैले उनी दूर छन्
गुनेकी छु मैले उनी दूर छन् ।
उनी गजलको संरचनाबारे निकै प्रष्ट छिन् । उनी काफिया प्रयोगका सन्दर्भमा निकै नै सचेत देखिन्छिन् । रदिफको प्रयोग पनि उनले सोचबिचार पु¥याएर नै गरेको देखिन्छ । यस सङ्ग्रहभित्रका गजलहरुमा विविध भावको अभिव्यक्ति पाइन्छ । गजलकार कृष्णादेवी देशमा भइरहेको विसंगतिप्रति सचेत छिन् भने गजलमा मायाका सुन्दर डोरीहरु बुन्न निकै सिपालु छिन् । गजलकार कृष्णादेवीले आफ्ना मनका भावनाहरुलाई गजलमा अभिव्यक्त गर्दा सकेसम्म सचेत र सजग हुने प्रशस्त प्रयास गरेका छन् । गजललाई विरह बेदना पोख्ने माध्यम मात्र नबनाएर यिनले चेतना र जागरणको सन्देश पनि फैलाउने उद्देश्य लिएकी रहिछन् । यी सबै गजल छन्द वा बहरबद्ध छन् । ६ वटा मन्दाक्रान्ता छन्दमा, ४२ वटा भुजङ्प्रयात छन्दमा, २ वटा कनकसुन्दरी वा दु्रता छन्दमा, ३ वटा स्रग्विणी छन्दमा, ४ वटा इन्द्रबज्रा छन्दमा, ३ वटा शशिबदना, मलिका छन्दमा, २ वटा पीयूषवर्ष, मधुमालती, विद्युन्माला, विजात, महालक्ष्मी, विमोह र दिक्पालजस्ता छन्दहरु गजलका बहरका रुपमा समेत प्रचलित छन् । उनका गजलमा नारीमनका अन्तव्र्यथाहरु पनि छन् र राष्ट्र राष्ट्रजनका पीडाहरु पनि छन् । सामाजिक विकृति, विसङ्गति, नारीका वेदना, राष्ट्रियता स्वयम् देशमा व्याप्त राजनैतीक व्यथिति, नेताहरुको अकर्मन्यता, अन्याय, अत्याचार तथा भ्रष्टाचार आदिलाई गजलमय भावमा समेटिएका छन् ।
ज्यादै राम्रो सकल जगमा जुर्मुराएर आइन्
चोरी चोरी सकल मनमा शारदी मन्त्र छाइन् ।
चर्काचर्की वहस छ सदा देशमा गोलमाल नेपालीको मधुर मिलती मासिने फालमा छ उनको गजलले बोलेको छ । नयाँ पार्छु माटो भनि आज फेरि म साझा सभामा जुटेको आमा उनको गजलमा लेखिएको छ । हामी उनका गजलहरु पढ्दा आफूलाई बिर्सन्छौ र अनायासै उनका सुख दुखात्मक भावना र मनका तरानाहरुमा वहन्छौं । कतै कतै हामी अत्यन्तै संवेद्य पनि बन्न पुग्छौ भने कतै हामीमा विविध आवेगहरु पनि जागृत हुन पुग्छन् । यस दृष्टिले पाठकको मन स्पर्श गर्न सफल उनका गजल सुन्दर छन् र बलशाली पनि छन् । समकालीन चेतना र जीवनमा दृष्टिमा अनमोल शब्दहारहरु छन् उनका गजलमा । उनको गजल लेखनमा जुन संवेदना छ सत्यता छ, त्यस्तै मीठो हार्दिकता पनि छ ।
दुखायौ नि साथी मलाई तिमीले
सुकायौ नि आत्मा जलाई तिमीले ।

कृष्णादेवीका गजल भने अधिकांश कोमल भावका नै छन् । गजलकार कृष्णादेवीका गजलहरु सशक्त छन् । भाषामा स्वाभाविकता छ । गजल विशेष प्रकारको शास्त्रीय परम्परागत भएको संयात्मक रचना हो । यसले मानिसको मस्तिष्कलाई नभई दिललाई छुने गर्छ । यिनका गजलमा जिन्दगीका विवशता, उमङ्ग–उत्साह, उपदेश पनि रहेका छन् । केही गजलले सूक्ष्य व्यङ्ग्य धारणा पनि गरेका छन् । गजलमा प्रशस्तै नीतिनियमहरु पालना गरेको हुनुपर्छ । कस्तै वरिष्ठ भनाउँदाका गजलमा पनि संरचनात्मक गल्तीहरु भेटिन्छन् । गजल संरचनाका सूक्ष्मभन्दा सूक्ष्म कुराहरुसँग परिचित हुँदै साधनारत भइरहेमा हामी गजलकार कृष्णादेवीबाट सशक्त गजलहरु निश्चित रुपमा प्राप्त गर्नेछौं ।
आऊ न नारी सब एकठाउँ
सन्देश आन्दोलनका फिजाऊँ ।
गजलमा अलग अलग विषयवस्तुहरुको उठान गरेर आफ्नो काव्यिक योग्यता र क्षमता कृष्णादेवीले प्रस्तुत गरेकी छिन् । नेपाली साहित्यमा गजल पचासको दशकदेखि निकै गरमा गरमको विषय बनेको छ । गजलका मञ्चहरु निकै सशक्त छन् । आज नयाँ पुस्ताका लेखकहरुको जन्म गजल विधाबाट हुन थालेको छ । गजलको सुरुवात श्रृङ्गारिकताबाट सुरु भए पनि गजलमा समय लेखिनुपर्छ, माटोको दुखाइ उतारिनुपर्दछ, समाजका वास्तविक भोगाइ र जीवन प्रतिविम्वित हुनुपर्छ । कृष्णादेवीका गजलहरु सुन्दर छन्, सुललित छन्, भावाभिराम छन् र कोमलताले अभिव्यञ्जित छन् । २०७१ सालमा विश्वनारी नेपाली साहित्य सम्मेलन समारोह समितिद्वारा प्रकाशित यो गजलसङ्ग्रहको मूल्य रु.२५१।– राखिएको छ भने पृष्ठ संख्या ८० छ । गजलकारबाट पुनः यस्तै स्तरीय कृतिहरु निरन्तर आइरहुन् भन्ने शुभेच्छा गर्दछुु ।

सामाखुसी मार्ग, ९३५÷५४,

Bhansar Bivag
Argakhachi Cement