काठमाडौँ । डोरी तानेर खेलिने खेल टक अफ वार खेलको बिशेष कार्यक्रम शनिबार नेपालमा गरिएको छ । विभिन्न देशबाट २० जना भन्दा बढीको प्रतिनिधित्व सहभागि रहेको कार्यक्रममा टक अफ वार खेललाई विश्वभरि कसरि लाने भन्ने बारे बिशेष छलफल गरिएको थियो ।
गाउँ घरमा आयोजना गरिने खेलको व्यवसायीक विकासका लागि मैत्रीपूर्ण डोरी तान्ने खेल प्रतियोगिताका रुपमा आयोजना गरेको हो ।
यो खेलले ओलम्पिकमा समेत मान्यता पाईसकेको छ । नेपालको आफनै मौलिकता बोकेको डोरी तान्ने खेलको आयोजना गरिएको हो । यो खेल डोरी तानेर खेल्ने गरिन्छ ।