टी–२० सिरिज विजेता टोलीलाई परिवार दलको बधाई

प्रकासित मिति: २० माघ २०७५, आईतवार १४:१४

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । । अध्यक्ष ढकालले नेपाली टोलीले आईतबार युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको भन्दै बधाई दिएका हुन् । उनले बधाई सन्देशमा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमङ्ग छाएको बताउँदै आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको प्रगतिको कामना समेत गरेका छन् ।

Bhansar Bivag
Argakhachi Cement