कोरिया भाषा परीक्षालाई लिएर उत्पन्न भएको विवादको समाधान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग लगातार गरेको पहल सफल भएको हो ।नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन् । भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग आज महानिर्देशक घिमिरेले यस सम्वन्धमा वैठक राखेका थिए । उक्त वैठकमा सहमति जुटेको छ ।