शर्मिला विश्वकर्मा
काठमाण्डौं१३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा जाउलाखेल ग्रुप अफ इण्डस्ट्रिजको सहयोगमा काठमाण्डौंमा समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रमको उद्घाटन शैनिक श्रीमतीसँघकी अध्यक्ष रिता क्षेत्रीले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । सो समावेशी साँस्कृतिक कार्यक्रममा डाउन सिण्ड्रोम अपाङ्गता र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुलो अवसर पाएको खण्डमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताउनु भयो । यसै गरी कार्यक्रमकी प्रमुख अतिथि तथा शैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षेत्रीले यस्ता बालबाबालिकाहरुको हक हित अधिकार सुनिश्चित गराउनको लागि सबैको साथ र सहयोग रहेको बताउदै उहाँले आफ्नो संस्था शैनिक श्रीमती संघको तर्फबाट डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुको सहयोगको लागि डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापालाई रु २५ हजार रुपैया प्रदान गर्नु भयो । त्यसै गरी आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी उपाध्यक्ष धनकुमारी सुनारले समाजका सबै निकायहरुले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुको प्रतिभाको कदर गर्नु पर्ने कुरामा जोड दिदै दिनु भयो ।