चिकित्सा शिक्षा सुधार माग गर्दै जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। डा. केसीलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, मुटुको चाल तलमाथि हुने समस्या देखिएको छ । यस्तै उनको पिसाबमा किटोन बढी देखिनुका साथै सेतो रक्त कोषिका क्रमिक रूपमा घट्दै गएको छ। सरकारले भने डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने बताएको छ।