डाक्टर गोबिन्द केसीको समर्थनमा हजारौ जनता सडकमा

प्रकासित मिति: २१ श्रावण २०७४, शनिबार ०६:२२

प्रदिप कडेल

काठमाण्र्डौ । चिकिन्सा क्षेत्रमा आमुल परिर्वतनको माग गदै ११ औ पटक आवरण अनसनमा बसेका डा. गोबिन्द केसीको मागलाई सम्बोधन गर्न दबाब दिन हजौ जनता सडकमा उत्रिएका छन् ।

माईतिघर मण्डलामा शनिबार हजारौ जनता सडकमा उत्रिएर केसीको मागमा समर्थन जनाएका हुन् ।

सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता दैनिक जसो भएपनि कुनै सहमति जुट्न सकेको छैन । सहमतिका लागि जति दिन लम्बिँदै गएको छ, शिक्षण अस्पतालमा अनसनरत डा. केसी त्यति ‘गल्दै’ गएका छन् ।

चिकित्सा शिक्षा विधेयक आफ्नो सुझावसहित पास गर्न पटक(पटक दिएको अल्टिमेटम सुनुवाई नभएपछि डा. केसीले साउन ९ गते सत्याग्रह थालेका थिए । ६१ वर्षीय केसीको यो ११ औं अनसन हो । उनले अनसन बस्न थालेको ५ वर्ष भइसक्यो ।
तर, सरकारले अनसन तोडाउन सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने गर्दा केसीले पछिल्लो एक वर्षमात्र चार पटक अनसन बसेका छन् । जसका कारण उनको स्वास्थ्य छिट्टै कमजोर हुने गरेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

Bhansar Bivag
Argakhachi Cement