डा. केसीको स्वास्थ्य जटिल बन्दै

प्रकासित मिति: ९ श्रावण २०७५, बुधबार १६:००

डा.केसी पक्ष र सरकारबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील बन्न नसक्दा वार्ता विना निष्कर्ष टुंगिएको हो।

केसी पक्षले सरकार वार्तामा गम्भीर नदेखिएको आरोप लगाउँदै माग पुरा गर्ने प्रतिवद्धता माग गरेको छ। केसी पक्षले संसदमा दर्ता भएको चिकित्साशास्त्र सम्बन्धी ऐनको अन्तरबस्तुको विषयका सरकारी टोलीले वार्ता गर्न नचाहेको आरोप लगाएको छ। सरकारी वार्ता टोलीले ऐनको विषयबस्तु सरकारी विषय भएको जनाएको थियो।

केसीको वार्ता टोलीका संयोजक रहेका चिकित्सक अभिषेकराज सिंह सरकारी वार्ता टोलीले छलकपट गरेको आरोप लगाए। उनले आफूहरुले उपलब्ध गराएको सूची बमोजिम सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने बताए ।

Bhansar Bivag
Argakhachi Cement