काठमाडौं । अनशनरत डा गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा। केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।
केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन । यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडौं लैजान लागिएको भन्दै विरोध जनाएका छन् ।