काठमाडौं । डा .गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् ।अदालतको अवहेलना मुद्दामा केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।
साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।
प्रहरी हिरासतबाट रिहा भएपछि डा। केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’