डा. गोबिन्द केसीको मागमा ने.वि.संघ चिकित्साशास्त्र केन्द्रिय समन्वय समितिको एक्यबद्धता (बिज्ञप्ति सहित)

प्रकासित मिति: १ माघ २०७५, मंगलवार १४:३५

काठमाण्डौ । नेपाल विद्यार्थी संंघ चिकित्साशास्त्र केन्द्रिय समन्वय समितिले डा.गोविन्द के.सीले उठाउदै आएको मागमा एक्यबद्धता जनाएको छ । ने.वि.संघ चिकित्सा शास्त्र केन्द्रिय समन्वय समितिका संयोजक डा.चन्दन रमन द्धारा जारी गरिएको बिज्ञप्तिमा सरकारले प्रोफेसर डा.गोविन्द के.सी. सँग १५ औं पटक नेपालको राष्ट्रिय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा ऐनलाई शंसोधन र कार्यान्वयन गर्ने सम्झौता गरी सकेको जानकारी सबैलाई छदैछ र हरेक पटकको अनसन तोडाउने बेला राष्ट्रिय चिकित्सा ऐनमा शंसोधनको संम्झौता गर्ने तर इमान्दारीपूर्वक कार्यान्वयन नगर्ने नियतप्रति घोर भत्र्सना गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ.डा.केसी १६ औं पटक (आज सातौ दिन) अनसनमा बस्नुपर्दा हामी चिकित्सकहरुलाई यस सरकारले बारम्बार चिढाउनुको साथसाथै प्रजातान्त्रिक प्रणालीमाथि नै घोर प्रहार भएको जनाउदै केसीको शारीरिक अवस्था अतिनै कमजोर रहेको हुनाले तत्काल सम्झौता कार्यान्वयन सरकारसँग आग्रह गरेको छ ।
डा.के.सी.को देश र जनताका हितमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा ऐनलाई शंसोधन र इमान्दारीपूर्वक कार्यान्वयनका साथै उहाँको जायज मागहरुलाई पुरा गरी सारा राष्ट्रिय स्वास्थ्यकर्मीहरुको मनोभावलाई उजागर गर्नका समेत आग्रह गरेको छ ।
उदि डा.केसी अनसनका कारण जुनबेला पनि अप्रिय घटना घट्न सक्ने स्थितीलाई मध्यनजर गरी तत्पश्चात उत्पन्न हुने परिस्थतिको जिम्मेबार सरकारले लिनुपर्ने भन्दै सघ आन्दोलनमा जाने समेत चेतावनी दिएको छ । ने.वि.संघ चिकित्साशास्त्र केन्द्रिय समन्वय समिति चिकित्सा क्षेत्रमा भएको माफियाकरण र भ्रष्टाचार विरुद्ध लड्दै आएको राष्ट्रिय संगठन हो ।

Bhansar Bivag
Argakhachi Cement