डा.गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश

प्रकासित मिति: २४ पुष २०७४, सोमबार १३:५१

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा डा.गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै पकाउ पुर्जी जारी गरेको हो ।

Bhansar Bivag
Argakhachi Cement