काठमाडौं, डि एम जि एम ब्राण्डले आयोजना गरेको एक दिने अन्तराष्ट्रिय सौन्र्दय सेमिनारको राजधानीमा समापन भएको छ । सेमिनारमा नेदरल्याण्डको बरिष्ठ सौन्र्दयविद्ध जेनी बेरिन्डास बिउस्को मुख्य प्रशिक्षकको रुपमा रहेकी थिइन । सेमिनारमा जेनीले सौन्र्दय र हेयर स्टाइलका बिभिन्न चरणहरुबारे प्रशिक्षण दिएकी थिइन । उनले सौन्र्दयकर्मीलाई विभिन्न सिप सिकाउनुका साथै सौन्र्दय पेशालाई व्यवसायिक बनाउन स्वंय आफुले सिप र दक्षता बढाउन आवश्यक भएको बताएकी थिइन । सेमिनारमा एकता टे«डिङ्ग कन्र्सन का निर्देशक मुनिष जैनले आगामी दिनमा अझ थप तालिम दिएर सौन्र्दयविद्धहरुको दक्षता बढाउन डि एम जी एम ब्राण्डले सक्दो पहल गर्ने बताए । पछिल्लो समय डि एम जी एम ब्राण्डका सौन्र्दय सामाग्रीहरुको माग नेपाली बजारमा बढ्दो छ ।