ढुक्क भएर भोट हाल्न निर्वाचन आयोगको आग्रह

प्रकासित मिति: ८ मंसिर २०७४, शुक्रबार १२:४९

काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदानगर्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो । केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग आग्रह गर्दछ, उहाँले भन्नुभयो । उहाँले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement