तङ्ग–इल मोदोका खेलाडिले जिते ६ स्वर्ण

प्रकासित मिति: १७ कार्तिक २०७५, शनिबार ०७:३४

काठमाण्डौ । विश्व तोङ्ग ईल मोदो र इन्डिया तोङ्ग ईल मोदो महासङ्गको आयोजनामा यहि अक्टोबर ३० देखि नोवेम्बर २ सम्म संञ्चालन भएको बिश्व कपमा ६ स्वर्ण ३ रर्जत र ७ कास्य पदक सहित दोस्रो स्थान हात पारेको छ ।

भारतको नयाँ दिल्ली तालकाटोर इन्डोर स्टिडियममा भएको १० औं तोङ्ग ईल मोदो विश्व कप २०१८ मा नेपालको तर्फबाट ६ वटा स्वर्ण ,३ वटा रजत र ७ वटा कास्य पदक जित्न सफल भएको छ भने सामुहिक कला प्रदर्शनी मा दोस्रो स्थान र टिम च्याम्पियनसिप नेपाल तेस्रो स्थान हासिल गर्न सफल भएका खेलमा सहभागि तङ्ग–इल मोदा संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
स्वर्ण पदक जित्ने हरुमा प्रसान्त चौधरी (कैलाली ) ,रितु चौधरी (कैलाली ), पवन हमाल (कैलाली ), अनिता बिस्ट (कैलाली ), कृष्ण नेपाली (दाङ्ग ) र पुजा चौधरी सुनसरीले स्वर्ण पदक जितेका छन् यस्तै रजत पदक जित्ने खेलाडिहरुमा धिरज चौधरी (कैलाली ), रेसम सिंह (कैलाली ),झलक साही सुर्खेत रहेका छन् यस्तै कास्य पदक जित्नेहरुमा बिस्वजित गुरुङ ईलाम (झापा ), बिश्वास चौधरी (झापा ), नम बिस्ट (कैलाली ), एन्जल चौधरी (कैलाली ) तिरथ चौधरी (कैलाली ) र मिना बस्नेत (कैलालीले जितेका छन् ।

Bhansar Bivag
Argakhachi Cement