तङ्ग इल मोदो संघ झापाको बेल्ट प्रमोशन कार्यक्रम सम्पन्न

प्रकासित मिति: ५ फाल्गुन २०७४, शनिबार १२:२०

९६ जना खेलाडीहरुको सहभागीता

विर्तामोड, तङ्ग इल मोदो संघ झापा (एकिकृत मार्शल आर्ट) को आयोजनामा जिल्ला स्तिरीय वेल्ट प्रमोशन कार्यक्रम पाथिभरा एकेडमी कन्काई न.पा. ८ लक्ष्मिपुरमा सम्पन्न भएको छ । कार्यक्रममा मुख्य प्रशिक्षण केन्द्र विर्तामोड, पाथिभरा एकेडमी लक्ष्मिीपुर, पूर्वाञ्चल एकेडेमी विर्तामोड, स्वस्तीका शिशू शदन शनिश्चरे र कन्चनगड एजुकेशनल फाउण्डेशन इंगलिस स्कूल बारदर्शी गरी ९६ जना उत्कृष्ट खेलाडीहरुको सहभागीता थियो । खेलाडीहरुलाई समाजमा घटी रहेको विभिन्न विकृती, विसंगती, यौन अपराध, भष्ट्रचार जस्ता समस्या नियन्त्रण गर्दै दिगो शान्ति स्थापनाका लागि असल संस्कार युक्त खेलाडीहरु निमार्ण गर्ने उदेश्यले प्रशिक्षण भई रहेको खेल का खेलाडीहरुलाई हौसला र स्तर उन्नतिको लागि सो कार्यक्रम आयोजना गरिएको आयोजकहरुको दावि थियो ।

यस कार्यक्रममा खेलका जिल्ला अध्यक्ष राजेन्द्र पन्तको सभापतित्व तथा विर्तामोड नगरपालिका का नगर प्रमुख ध्रुव कुमार शिवाकोटी ज्यूको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवाकोटीले खेलकुद हाम्रो जिवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवको लागि महत्वपूर्ण रहेको र खेलाडीहरु देशको गहना र शक्ति रहेको बताउँदै उनिहरुको संरक्षण गर्ने जिम्मा सरकारले लिनुपर्ने धारणा व्यक्त गरे । साथै उनले प्रमोशन भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । यस खेलका प्रदेश नं. १ का प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठले यो खेल विशेष गरी शान्तिको लागि मार्सलआर्ट भन्ने उदेश्यका साथ शान्ति प्रेमी विश्व नागरिक डा. सन म्योङ्ग मुनको प्रेरणा पाएर महान प्रशिक्षक डा. जोन हुु सुकले सन् १९७९ मा सुरुवात गरेको र हाल यो खेल नेपालमा पूर्व मेची देखी पश्चिम महाकाली सम्म ४० जिल्लाका साथै विश्वका १९२ राष्ट्रमा विकाश र विस्तार भई सकेको कुरा जानकारी गराए । त्यसतै खेलकुदले व्यक्तिलाई परिपक्क, परिवारलाई आर्दश, समाज सभ्य तथा राष्ट्र र विश्वमा शान्ति स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्ने धारण कार्यक्रमका विशेष अतिथी केन्द्रिय सदस्य अशोक कुमार चौधरीले व्यक्त गर्नु भएको थियो ।

झापाका खेलाडीहरुबाट उत्कृष्ट कला प्रर्दशन भएको कार्यक्रममा स्वागत मन्तव्य पाथिभरा एकेडमीका प्रधानाध्यापक लेखनाथ गुरागाँई र सञ्चालन तेजमणी प्रसाईले गरेका थिए । सो अवसरमा विशेष अतिथि जिल्ला ट्राफिक कार्यलय प्रमुख राजेश राई र अतिथीहरुमा शनिश्चरे सुरक्षा वेस क्याम सहायक हेमराज योगी साथै शिक्षा, समाज र खेलकुद क्षेत्रमा आवद्ध व्यक्तिहरु कुमार थपलिया, श्रीमती विद्यया शिवाकोटी, शेखर कोइराला, मोहन पाण्डे, प्रविन तामाङ्ग, हरि पाण्डे, केदार ढुंगाना, प्रेम प्रकास फलहारी, रणविर कुँवर लगायतको उपस्थित थियो भने उक्त कार्यक्रममा खेलाडीहरुको स्तर परिक्षण प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठ, केन्द्रिय सदस्य अशोक कुमार चौधरी सुनशरी जिल्ला प्रशिक्षक तिलक भुजेल, मोरङ्ग प्रशिक्षक किसन चौधरी, झापा प्रशिक्षक विश्वजित गुरुङ्ग, व्रिशिका गुरुङ्ग र अर्जुन मैनालीले गर्नुभएको थियो ।

Bhansar Bivag
Argakhachi Cement