तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्रकासित मिति: २५ असार २०७६, बुधबार १४:५८

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

भारतीय दूतावासले त्यसको विरोध गर्दै मन्त्रालयमा पत्रस पठाएपछि १८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement