राजेशकुमार विष्ट
तस्विरमा तारेभीर आहा झल्कियो झलल ।
बाँया बाग्मती दाँया बिष्णुमती बग्छिन सलल ।।
शिवपुरीको काँखैमा छ तारेभीर गाउँ ।
यही गाउँ नै हो मेरो प्यारो जन्म भूमि ठाउँ ।।
तारेभीरमा हिरा मोति चाँदी टल्कने छ ।
बस्तीहरुमा प्रचण्ड सूर्यको ज्योति झल्कने छ ।।
कृष्ण, हक, राजि र उद्धवहरुको मेहनत छल्कनेछ ।
रामेश्वरहरुको घ्यू–चाकु महोत्सवले विकास पल्कनेछ ।।
भूकम्पले चर्केको मनलाई घ्यू चाकुमा भुलेर ।
अघिबढे सवै गाउँले विकास पथमा खुलेर ।।
केवलकार सररर भोलि चढ्ने रहर ।
अग्लो राष्ट्रिय झण्डा फहराउने बन्ने छ तारेभीर शहर ।।
हरेक वर्ष माघ १ गते तारेभीर महोत्सव मनाउने ।
रक्सी भट्टी खोल्ने दाईले होमइस्टे बनाउने ।।
पर्यटकहरु धुईरीने छन् रक्कलाईमिङ्ग गर्नलाई ।
पाउने छन् कर्णधारले पर्यटन शिक्षा पढ्नलाई ।।
जोमसोम पुग्नु पर्दैन तारेभीरमै फल्छ स्याउ र भूईस्याउ ।
उत्तिसका रुखका कापाकापामा फक्रन्छन् च्याउनै च्याउ ।।
मक,ै कोदो, फापर फल्छ बारीका पाटा पाटामा ।
लालिगुँरास र लालुपाते फुल्छन् हिड्ने बाटा बाटामा ।।
देवादीदेव महादेव बस्छन् तारेभीरको टाकुरामा ।
शाक्ति दिन्छन् पौरख गर्न हामी सवको पाखुरामा ।।
खडेरीमा किसानलाई भारी वर्षा गराउने ।
शुभकार्य गर्नु पर्दा भाँडा वर्तन झराउने ।।
एउटी बूढी आमाले मकै सुकाइ निदाइछीन् ।
ब्यूँझदा चराले खाईदेछ, रोइकराई चिच्याईछिन् ।।
छाती पिटेर तारेभीर महादेवलाई पुकार्न लागिछिन् ।
ईश्वरको अनुकम्पाले सुनै सुनको मकै पाइछिन् ।।
शिवपुरी बन्यजन्तु आरक्षण छ वरिपरी ।
डाँफे, मुनाल, कोइली, न्याउली चराचुरुङ्गी थरीथरी ।।
बाघ, भालु, हरिण, चितुवा, बँदेल बस्ने जंगल ।
पर्यापर्यटन विकास गरौं हुन्छ देशकै मंगल ।।
राष्ट्रिय शहीद पार्कको सहायक पार्क बन्दैछन् ।
युवाहरु बुद्धको ठूलो मुर्ती राखौं भन्दैछन् ।।
दश वर्षे जनयुद्धको शहीद स्मृति पार्क बन्ने ठाँउ ।
चारै शहर झलमल्ल हेर्ने भ्यू टावर पनि बनाउँ ।।
हर्केले कोदालो खने गाँउले सवैले सम्माए ।
विकास भन्नु बाटो नै हो जनताले ठम्माए ।।
चक्रदाईले बत्ती बाले रामेश्वर दाईले बजेट हाले ।
डोजर लगाई डाँडा पाखामा मोटर गुड्न थाले ।।
भिर पहिरोमा पनि खुल्यो चौंडा पक्की बाटो ।
उद्यमीले हराभरा पार्नु पर्छ यहाँको माटो ।।
युवाले गर्नु पर्छ पर्यटन विकास विदेसिनु साटो ।
यहाँको समृद्धि नै बन्नुपर्छ देशको अर्को पाटो ।।